अनुदानको मल व्यापारीलाई बेच्ने सहकारीलाई बैतेश्वर गाउँपालिकाले कारबाही गर्ने
दोलखा,सरकारले सहकारी मार्फत अनुदानमा किसानको लागि उपलब्ध गराएको रासायनिक मल ब्यापारीलाई बेच्ने सहकारीलाई कारबाही गर्ने भएको छ। बैतेश्वर गाउँपालिकाले केहि दिन अघि छड्के बजार अनुगमनको क्रममा केहि सहकारीले ब्यापारीलाई पसलमा राखेर मल बेच्न दिने गरेको भेटेपछि पालिकाले उक्त सहकारी तथा ब्यापारीलाई कारबाही गर्ने जनाएको छ ।
बैतेश्वर गाउँपालिका भित्र मल ल्याउने र किसानलाई वितरण गर्ने मान्यता प्राप्त केहि कृषि सहकारीले दर्जनौं बोरा मल पसलमा राखेर महँगोमा बेच्ने गरेको फेला परेकाले उक्त कृषि सहकारी संस्थाको पहिचान गरी कारबाही गर्ने बैत्तेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले बताए ।
आइतबार बसेको गाउँकार्यपालिका बैठकमा अवैध रूपमा मन लागी रूपमा ब्यापारीले किसानको लागी ल्याएको मल सहकारी मार्फत ल्याएर पसलमा राखी बिक्री गरेको पाइएकाले ती सहकारीको पहिचान गरी तत्काल कारबाही गर्ने तथा पसलमा बेच्न राखेको मल समेत पालिकाले जफत गर्ने बताउनु भयो।
अनुगमनको क्रममा विभिन्न वडाका कृषि सहकारीले गाउँपालिकाको सिफारिसमा अनुदान छुटमा मल ल्याएर ब्यापारीलाई बेच्न दिने तथा किसानबाट बढी मुल्य लिने गरेको हुँदा पालिकाले अर्को पटक मल ल्याउने सिफारिस समेत नदिने र कारबाही गर्ने भएको हो ।
किसानले खेती गर्ने समयमा मल पाउन नसक्ने,मुख्य समयमा मल अभाव हुने तथा कालोबजारी गर्ने ब्यापारीलाई समेत मल बेचेको पाइएमा जरिवाना गर्ने गाउँपालिका अधिकृत एवं प्रशासन प्रमुख रबिन्द्र चौलागाईंले बताए । अनुगमनका क्रममा ब्यापारीहरुले गोदाममा लुकाएर राखेको अवस्थामा समेत मल फेला पारेको छ् भने,खुद्रा पसलेले बाहिर बेच्न राखेको समेत भेटिएको छ ।
क्याटेगोरी : समाचार, गाउँ पालिका
ताजा अपडेट
- एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन
- अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
- देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड
- इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी रहेको कतारको भनाइ
- संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित
- नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृत बस्नेतविरुद्ध मुद्दा दर्ता
- विमानको आपतकालीन झ्यालको सिसा खस्यो
- दिगो पूर्वाधार विकासबाट मात्रै आर्थिक समृद्धि हासिल हुन्छ : मन्त्री ज्वाला
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया