Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसमाजमा सद्भाव फैलाउँदै आर्ट अफ लिभिङ

समाजमा सद्भाव फैलाउँदै आर्ट अफ लिभिङ


वासिङ्टन डिसी, अमेरिका : आर्ट अफ लिभिङका संस्थापक तथा भारतका विदेशमन्त्री यस रविशंकरले समाजमा सद्भाव र असल काम गर्न आर्ट अफ लिभिङको स्थापना भएको बताउनुभएको छ । वासिङ्टन डिसीमा आर्ट अफ लिभिङले आयोजना गरेको विश्व संस्कृति महोत्सवलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

चुनौतीलाई व्यावहारिकरूपमा स्वीकार गरेर राम्रो भविष्यको सपना देख्नुपर्ने उहाँको कथन छ । ‘आगामी पुस्ताले पनि एक परिवारमा खुसी नहुने व्यक्तिले सिंगो परिवारलाई दुःखी बनाउन सक्छ र यस्ता कैयौं परिवारले सिंगो राष्ट्रलाई दुःखी बनाउँछ’, रविशंकरले भने– ‘यस अवसरमा थप खुसी ल्याउने प्रतिबद्धता गरौं र समाजमा खुसी बाढौं ।’

संसारभरि छरिएर रहेका हामी एउटै परिवारका हौं भन्दै उनले द्वन्द्वका लागि जीवन निकै छोटो भएको र विश्वलाई व्यवहारिक रूपमा विभिन्न चुनौतीको सामना गर्न र राम्रो भविष्यको सपना देख्न आह्वान गरे । ‘विश्व संस्कृति महोत्सवको उद्देश्य सम्पूर्ण विश्व एउटै परिवार र हामी सबै आफ्नो भिन्नताका साथ मिलेर बस्न सक्छौं भन्ने सन्देश दिनु हो’, रविशंकर भन्छन्– ‘समाजका सबै क्षेत्रका मानिसले एकसाथ राम्रो काम गर्न सके विश्वको कल्याण हुने थियो ।’

झन्डै विश्वका १ सय ८० देशबाट १ लाखभन्दा बढीको सहभागितामा सो कार्यक्रम भएको थियो । उक्त महोत्सवमा विश्वका १ सय ८० देशका १७ हजार कलाकारले आ–आफ्नो देशको कला प्रस्तुत गरेका थिए । संयुक्त राष्ट्र संघका पूर्वमहासचिव वान कि मुनले यस्ता खालको संस्कृतिले विश्व निर्माणमा पुलको काम गर्ने बताए ।

नेपालमा दशकौंदेखि आर्ट अफ लिभिङ फ्लोव गरिरहेका विमल कोडियाले आर्ट अफ लिभिङले तनाव डिप्रेसन कम गर्ने र सकारात्मक सोचको विकास गर्ने बताए ।

फाइदा देखिएकै कारण करिब १ सय ८० देशमा करोडौं मानिसले आर्ट अफ लिभिङ अभ्यास गर्ने गरेका छन् । नेपालमा पनि यसको अनुयायी बढ्दो क्रममा छन् ।

विश्व संस्कृति महोत्सव सम्पन्न
आर्ट अफ लिभिङ संस्थाले विश्व संस्कृति महोत्सव सम्पन्न गरेको छ । सेप्टेम्बर २९ देखि अक्टोबर १ सम्म वासिङ्टन डिसीस्थित नेसनल मलमा महोत्सव आयोजना गरेको हो ।

विश्वका १ सय ८० भन्दा बढी देशकाबाट उक्त कार्यक्रममा सहभागी हुन विभिन्न क्षेत्रका उच्चपदस्थ व्यक्तिको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा फिजीका राष्ट्रपति रातु विलियम काटोनिभेरे, सुरिनामका राष्ट्रपति चान सान्तोखी, संयुक्त राष्ट्र संघका पूर्वमहासचिव वानकी मुन, भारतका पूर्वउपराष्ट्रपति बेंकैया नायडू, मौरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथ, भारतका विदेशमन्त्री यस जयशंकर, अमेरिकी सिनेटकी पूर्वसभामुख न्यान्सी पेलोसीलगायत विश्वका विभिन्न विधामा ख्याति कमाएका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया