Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारआजदेखि तराई–मधेसमा ‘जितिया पर्व’ सुरु

आजदेखि तराई–मधेसमा ‘जितिया पर्व’ सुरु


जनकपुरधाम । बिहीबारदेखि तराई–मधेसमा मैथिल र थारु महिलाहरूको महान् पर्व ‘जितिया पर्व’ सुरु भएको छ । तराईमा बसोबास गर्ने व्रतालु महिलाहरूले सन्तानको दीर्घायुको लागि धूमधामसँग यो पर्व मनाउने चलन छ ।

आश्विन कृष्ण पक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन मनाइने यो पर्व ठाउँ अनुसार फरक फरक तरिकाले मनाइन्छ । सप्तमीको दिनलाई ‘नहाए खाएके’, अष्टमीको दिनलाई ‘उपवास’ र नवमीको दिनलाई ‘पारन’ भनेर मनाइने

No description available.

जितिया पर्वमा सप्तमीका दिन बिहान नजिकको खोला–नदीमा गई तोरीको पिना प्रयोग गरी व्रतालुहरूले नुहाउँछन् र नुहाइसकेपछि तोरीको पिना घिरौँलाको पातमा राखेर खोलामा बगाउने चलन छ ।

अहिले आएर देशभर यो पर्व मनाउने गरिएको छ । विशेष गरेर तराईका महिलाहरुले काठमाडौँको पशुपति क्षेत्रका मन्दिर र आफूलाई पायकपर्ने मन्दिरमा वा खोलामा गई धुमधामसँग जितिया पर्व मनाउँछन् । तराईमा थारुको बाहुल्यता भएको ठाउँमा जितिया पर्वको मेला लाग्ने गर्छ ।


क्याटेगोरी : प्रदेश समाचार, मधेश प्रदेश, समाचार

तपाईको प्रतिक्रिया