मधेस प्रदेश सरकारले इजरायलमा मारिएका साहका परिवारलाई पाँच लाख दिने
जनकपुरधाम । इजरायलमा आतङ्ककारी सङ्गठन हमासको आक्रमणमा परी ज्यान गुमाउन पुगेका धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहको परिवारलाई मधेस प्रदेश सरकारले रु. पाँच लाख राहतस्वरुप दिने भएको छ ।
मङ्गलबार साँझ एक शोक वक्तव्यमार्फत मृतक परिवारमा समवेदना व्यक्त गर्दै मुख्यमन्त्री सरोजकुमार यादवले पीडित साह परिवारलाई प्रदेश सरकारको तर्फबाट सो राहत प्रदान गरिने जानकारी दिए ।
आक्रमणमा परी ज्यान गुमाउन पुगेका १० नेपाली युवाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मुख्यमन्त्री यादवले युद्धमा सामेल नभएका निहत्था र निर्दोष व्यक्तिमाथि आक्रमण हुनु हमासको संवेदनहीन र अमानवीय कृत्यको सङ्ज्ञा दिए ।
विज्ञप्तिमा भनिएको छ “त्यस आक्रमणले १० परिवारको सपना भताभुङ्ग भएको छ । त्यो घटनाले हामी नेपाली शोकमग्न छौँ । असमयमा अनाहक ज्यान गुमाउने युवाहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई यो महाविपत्तिको असह्य पीडा र वेदना सहन गर्ने शक्ति मिलोस् भनी प्रार्थना गर्दछु ।”
क्याटेगोरी : प्रदेश समाचार, मधेश प्रदेश, समाचार
ताजा अपडेट
- लाइफ केयर फर्मामा सिलबन्दी
- ‘दि नेपाल डिस्टिलरिज’ले नयाँ उत्पादन बजारमा ल्याउने
- नरैनापुरमा सामुदायिक महिला स्वयंसेविका दिवस
- समसामयिक राजनीतिक व्यङ्ग्य
- एनसेल प्रकरणमा सरकार पक्ष प्रतिरक्षामा
- विदेश भ्रमणमा सरकारको कीर्तिमानी ब्रह्मलुट
- कोरियाको निर्माण र सेवा क्षेत्रमा नेपालीलाई रोजगारी
- लाभांश घोषणामा ढिलाइ
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया