Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदुर्घटनामा एकको मृत्यु, तीन सख्त घाइते

दुर्घटनामा एकको मृत्यु, तीन सख्त घाइते


भरतपुर । चितवनमा भएका सवारीसाधन दुर्घटनामा एकको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् । बिहीबार पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको हो । बा९६प ३६३४ नम्बरको स्कुटरलाई बा३ख २३५४ नम्बरको बसले ठक्कर दिँदा स्कुटर चालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका ५ का २३ वर्षीय आनन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पुरानो मेडिकल कलेजमा उपचारका क्रममा दुर्घटनामा परेका घाइते लामाको मृत्यु भएको हो । उनको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । प्रहरीले ठक्कर दिने बस र बसका चालकलाई नियन्त्रणमा लिएको छ ।

 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया