Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभोलि कोजाग्रत पूर्णिमाको दिन नेपाली कांग्रेसको चियापान आयोजना

भोलि कोजाग्रत पूर्णिमाको दिन नेपाली कांग्रेसको चियापान आयोजना


काठमाडौँ । नेपाली कांग्रेसले भोलि शनिबार कोजाग्रत पूर्णिमाको अवसर पारेर दिउँसो २ देखि ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दैछ । पार्टीका केन्द्रीय सदस्य रामहरि खतिवडाले बडादसैं, तिहार, नेपाल संवत् र छठलगायतका पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गर्न लागेको बताए ।

प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति खतिवडाले भन्नुभयो, “बिपीले तत्कालीन अवस्थामा राजनीतिक सम्वाद र भेटघाटको आवश्यकता महसुस गरी थालनी गर्नुभएको चियापान कार्यक्रमले अहिले पनि मुलुकमा राजनीतिक सौहार्दता र एकता कायम गर्न योगदान पु¥याउनेछ ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने छ भने अन्य जिल्लाको चियापानको संयोजन सम्बन्धित जिल्ला कार्य समितिले गर्ने छ ।

बिपी कोइराला स्वदेश फर्केपछि जटिल बनिरहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा बडादसैंलगायतका पर्वको उपलक्ष्यमा सबै पक्षलाई समेटेर सद्भाव कायम गर्न सुरु गरिएको शुभकामना आदानप्रदान अहिले पनि त्यतिकै सान्दर्भिक रहेको पार्टी नेता अर्जुननरसिंह केसीले बताए ।

उनले गौरवकारुपमा रहेको विविधताबीचको धार्मिक, सामाजिक र सांस्कृतिक एकताको सन्देश छर्न सकोस् भन्ने उद्देश्य बोकेको चियापन मेलमिलापको कार्यक्रम भएको विचार प्रकट गरे । कांग्रेसले चियापानमा सहभागी हुन राजनीतिक दलका प्रमुख, मन्त्रिगण, सांसद, नेपालस्थित कुूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिलाई आमन्त्रण गरेको छ । कांग्रेसले बडादसैंको अवसर पारेर हरेक वर्ष चियापान कार्यक्रम आयोजना गर्दै आएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया