Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबाहिरबाट आयात गर्दा देशमा रोजगारीको अवसर गुम्यो

बाहिरबाट आयात गर्दा देशमा रोजगारीको अवसर गुम्यो


दोलखा । नेपाल विकासबाट पछि पर्नुमा उत्पादन नगर्ने तर हरेक बस्तु बाहिरबाट आयात गर्ने गर्दा देशमा रोजगारीको अवसर गुम्दै गएको बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले बताएका छन् ।

सदरमुकाम चरिकोटमा दोलखा जिल्ला निर्माण व्यवसायी सङ्घले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा जनैदेखि सियो–धागोसम्म पनि विदेशबाट ल्याउने गर्दा आर्थिक अवस्था बिग्रँदै गएको बताए ।

उनले राज्यबाट विनियोजित रकम यो सरकारको त होनी भन्ने मानसिकता तल्लो तहसम्म हुँदा देश कङ्गाल हुन लागेको उल्लेख गरे । क्रसर उद्योग सञ्चालनमा ल्याउन गरिएकोे मागमा मन्त्री लामाले क्रसर खोल्न पाउने विभिन्न प्रावधान छ तर विदेशी नीतिको नक्कल गरेकै कारण देशका क्रसर सञ्चालनमा नआएको बताए । देशको भौगोलिक बनावटका आधारमा क्रसर सञ्चालन नीति बनाउनुपर्नेमा त्यो नहुँदा समस्या उत्पन्न भएको उनले जोड दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया