Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमित्रमिलन सहकारी प्रकरण: लेखा संयोजक अधिकारी पक्राउ

मित्रमिलन सहकारी प्रकरण: लेखा संयोजक अधिकारी पक्राउ


पोखरा । पोखरास्थित मित्रमिलन सहकारीका लेखा समिति संयोजक सूर्य अधिकारी पक्राउ परेका छन् । कास्की प्रहरीका अनुसार उनलाई पोखरा महानगरपालिका वडा नं.१३ कसेरीबाट बुधबार पक्राउ गरिएको हो ।

पक्राउ परेका अधिकारीलार्ई जिल्ला अदालत कास्कीमा पेश गरिएको छ । उनी पोखरा १३ स्थित विजय माविका शिक्षकसमेत हुन् । यसअघि पक्राउ परेमा सहकारीका अध्यक्ष रमण पौडेल, कार्याकारी अधिकृत किरण अधिकारीसहित सदस्य गोपाल खनाल, सल्लाहकार राजु बराल र सदस्य बुद्धिसागर पौडेल पुर्पक्षका लागि कारागार चलान भइएका छन् ।

साथै, यसै प्रकरणमा जोडिएका सहकारी रजिष्टारको कार्यालय पोखराका पूर्व रजिष्ट्रार उदयबहादुर पराजुलीसमेत पुर्पक्षका लागि कारागार चलान भएका छन् । यस प्रकरणमा ३३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकामा अधिकांश अझै फरार छन् । उनीहरुको विभिन्न तरिकाबाट खोजी भइरहेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

यता, मित्रमिलन सहकारीका पीडितहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।सहकारीपीडित मीनबहादुर श्रेष्ठको नेतृत्वमा ४२ जना पीडितको हस्ताक्षरसहित ज्ञापनपत्र बुझाइएको हो ।

उनीहरुले आफूलाई पीडा दिने पीडकहरु खुलेआम हिँडिरहेको भन्दै तत्काल पक्राउ गरी कानूनी कठघरामा ल्याउन माग गरेका छन् । उनीहरुले सहकारीमा अनियमितता भएको बारेमा सहकारी रजिष्टारको कार्यालयमासमेत उजुरी दिएको तर कतैबाट पनि न्याय नपाएको दु:खेसो पोखेका छन् ।


क्याटेगोरी : समाचार, सहकारी–कृषि

तपाईको प्रतिक्रिया