Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपर्यटन उधोगश्रमसोलुखुम्बुस्थित पालिकाले कोरियाको एक कम्पनीसँग गरेको श्रमिक सम्झौता खारेज

सोलुखुम्बुस्थित पालिकाले कोरियाको एक कम्पनीसँग गरेको श्रमिक सम्झौता खारेज


काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहहरूले समझदारी गरेर मौसमी कामदारका रूपमा श्रमिकलाई कोरिया पठाउन नपाउने जनाएको छ । यसअघि सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका र थुलुङ दुधकोशी गाउँपालिकाले कोरियाको एक कम्पनीसँग मौसमी कामदार पठाउने गरी गरेको सम्झौतालाई लिएर सरकारले यस्तो निर्णय गरेको हो ।

मन्त्रालयले विज्ञप्तिमार्फत मौसमी कामदार पठाउन स्थानीय तहहरूले कोरियाका एक कम्पनीसँग धमाधम सम्झौता गरेको पाइएको भन्दै यो कार्य कानुन र अधिकारबाहिर भएको बताएको छ । मन्त्रालयका प्रवक्ता राजीव पोखरेलले ‘अन्तर्राष्ट्रिय मानव तस्कर गिरोहको पन्जामा स्थानीय तह, कोरिया पठाउने भन्दै धमाधम अवैध सम्झौता गर्दै पालिका प्रमुखहरू’ शीर्षकमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताए । उनले कोरियामा मौसमी कामदार पठाउने भन्दै सम्झौता गरेर पैसासमेत असुल गरेको पाइएको उल्लेख गर्दै स्थानीय तहसँग कामदार पठाउने सम्झौता गर्ने अधिकार कानुनमा नभएको बताए ।

प्रवक्ता पोखरेलले मौसमी कामदार व्यवस्थापन निर्देशिका २०७९ ले समेत कोरिया कामदार पठाउन इपिएसमार्फत मात्र रहेको भन्दै स्थानीय तहले कामदार पठाउन निर्देशिका या कुनै पनि कानुनले नदिने बताए । श्रम मन्त्रालयले यसअघि नै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत मौसमी कामदार पठाउने सम्बन्धमा २०७९ जेठ २० मै पत्राचार गर्दै रोक लगाएको भन्दै उनले कामदार पठाउने सम्झौता नगर्न र गरेको भए यसले वैधता नपाउने बताएका छन् ।


क्याटेगोरी : समाचार, श्रम

तपाईको प्रतिक्रिया