Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारहेटौडामा सहिद दिबस सप्ताह ब्यापी रुपमा मनाईदै

हेटौडामा सहिद दिबस सप्ताह ब्यापी रुपमा मनाईदै


हेटौडा,हेटौडा उपमहानगरपालिका वाड.न ११ अवस्थित सहिद स्मारक बिकास समितिले यहि आउदो माघ १६ गते सहिद दिवसको अवसरमा बिभिन्न सरकारी निकायको समन्वयमा सप्ताह ब्यापी कार्यक्रमको तयारी गरेको छ। बिगत बर्षमा सहिद दिवस बागमती प्रदेश सरकारको आयोजनामा गरिदै आएता पनि यस पटक समिति आफैले प्रदेश सरकार समेत को समन्वयमा सप्ताहव्यापी कार्यक्रम गर्न लागेको हो।

सहिद सप्ताह कार्यक्रम अनुसार सुरुको दिन माघ १० गते बिहान ९बजे स्मारक हाता भित्र बनाइएको नवनिर्मित बुद्दको प्रतिमा अनावरण कार्यक्रम रहेको छ। दोस्रो दिन माघ ११ गते हेटौडा उपमहानगरपालिका वार्ड न -११ को समन्वयमा बिहान ११ बजे बिबिध सास्कृतिक कार्यक्रम लगायत जेष्ठ नागरिक सम्मानका साथै कृषि ,हस्तकला तथा पर्यटकीय बस्तुहरुको प्रवर्धन मेला शुभारम्भ गर्ने कार्यक्रम रहेको छ भने १२ गते वडास्तरीय नृत्य प्रतियोगिताको कार्यक्रम रहेको छ।

यसैगरी माघ १३ गते बिहान ८ बजे रक्तदान कार्यक्रम, दिनको १२ बजे सहिद र मदन भण्डारीको सपना साकार पार्नको लागि नवयुवाको भूमिका  बिषयमा बक्तत्वकला प्रतियोगिता हुनुका साथै १४ गते वडास्तरीय बाल वक्तृत्वकला प्रतियोगिता रहेको छ। माघ १५ गते बिहान ७.३० बजे हुप्राचौरमा खुल्ला शिक्षक दौड प्रतियोगिता रहेको छ भने स्मारकमा रास्ट्रिय कलाकारहरुद्वारा सास्कृतिक कार्यक्रम संचालनका साथै पुरस्कार वितरणको कार्यक्रम रहेको छ। सहिद दिवस माघ १६ गतेका दिन बिहान ८ बजे सहिदस्मारक गेट देखि प्रहरी ,सेना लगायतको प्रभातफेरी पछि सहिद प्रति सलामी ,पुष्पार्पण ,श्रद्दाञ्जली लगायत श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार वितरण र प्रवचन कार्यक्रम रहेको स्मारक बिकास समितिका सचिब रघुनाथ खुलालले बताए।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया