Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारमधेश प्रदेशसाहुहरुद्वारा तमसुक दर्ता नगरेको भन्दै वडा कार्यालयमा तालाबन्दी

साहुहरुद्वारा तमसुक दर्ता नगरेको भन्दै वडा कार्यालयमा तालाबन्दी


जनकपुरधाम । महोत्तरीको औरही नगरपालिका-२ को वडा कार्यालयमा वडाध्यक्षले कपाली तमसुक दर्ता नगरिदिएको भन्दै तालाबन्दी गरेका छन् ।

हिजोआज साहु र ऋणीबीचको तमसुक वडा कार्यालयबाट प्रमाणीकरण गर्नुपर्ने कानुनी व्यवस्था भएपछि मधेशका धेरै जिल्लाका वडा कार्यालयमा भिड बढेको छ ।

वडाध्यक्ष दरेश यादवले आफ्नो भाइ भएका कारण कपाली तमसुक दर्ता गर्न नमानेको र लिएको ऋण फिर्ता गर्न नखोजेको भन्दै साहुहरुले तालबान्दी गरेका हुन् । स्थानीय २३ जना साहुबाट महोत्तरीको औरही नगरपालिका २ बस्ने जग्दीश यादवले ऋण लिएका छन् ।

उनीहरुले औरहीमा जलेश्वर बर्दिबास सडक खण्डमा टायर बालेर प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका हुन् । साहुहरुले मंगलबार नगरपालिका कार्यालयमा समेत कपाली तमसुक दर्ता गरी पाउँ भन्दै निवेदन दिएका थिए ।


क्याटेगोरी : समाचार, मधेश प्रदेश

तपाईको प्रतिक्रिया