Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरेल विभागले पूर्व–पश्चिम रेलमार्गको स्थलगत अध्ययन गर्ने

रेल विभागले पूर्व–पश्चिम रेलमार्गको स्थलगत अध्ययन गर्ने


चितवन । रेल विभागले पूर्व–पश्चिम रेलमार्गको स्थलगत अध्ययन गर्ने भएको छ । स्थानीयको चर्को विरोधपछि स्थगित भएको पूर्व–पश्चिम रेलमार्गको भरतपुर खण्डमा नयाँ रुटको अध्ययन गरिने भएको हो ।

रुट अध्ययनका लागि रेल विभागको महानिर्देशक रोहितकुमार बिसुरालसहितको प्राविधिक टोली बुधबार भरतपुर पुगेको छ । गत पुस २८ गते भरतपुर महानगरपालिकामा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाको उपस्थितिमा चितवनका सरोकारवालासँगको बैठकले वडा नम्बर ८, ७, ४ र १६ बाट जाने भनिएको पूर्व–पश्चिम रेलमार्गको प्रस्तावित मार्गको विकल्पमा जानुपर्ने निष्कर्ष निकालेको थियो । विकल्पमा प्रस्तुत गरिएको दुई रुट टिकौली हुँदै आँपटारी र राप्ती तटीय क्षेत्र हुँदै गोलाघाट जोड्ने भनिएको रुटको टोलीले स्थलगत अध्ययन गर्ने जनाइएको छ ।

अध्ययनपूर्व भरतपुर महानगरपालिका सभाहलमा सरोकारवालासँग भएको छलफलले अबको नयाँ रुट निर्माण गर्दा भरतपुर महानगरपालिकाका प्राविधिसहित कम बस्ती भएको स्थान र कम क्षति हुने गरी पूर्व–पश्चिम रेल मार्गको रुट भरतपुरमा निर्माण गर्न सुझाव दिएका छन् । अध्ययन गर्ने टोलीले भरतपुरका राजनीतिक दल, विज्ञ, स्थानीय सरोकारवालासँगको समन्वयमा रुटको कार्यलाई अगाडि बढाउने छ । छलफल कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पुराना अल्टरनेटिभ पाँच वटा रुटमा रेल मार्ग निर्माण गर्न नसकिने बताइन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया