Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्रपतिको सल्लाहकार गलगाँण सावित !

राष्ट्रपतिको सल्लाहकार गलगाँण सावित !


काठमाडौं,राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकार शुनील बहादुर थापा राष्ट्रपतिकै लागि गलगाँण सावित भएका छन् । सरकारले निजीकरण गरेको बाँसबारी छाला जुत्ता कारखानाको जग्गा मिलेमतोमा व्याक्तिको नाममा गराएको आरोपमा कारखानाका तत्कालीन अध्यक्ष अजीत बहादुर थापालाई प्रहरीले पक्राउ गरेपछि राष्ट्रपति कार्यालयको मर्यादा र परम्परालाई लत्याएर सल्लाहकार थापा सीआइवी कार्यालय पुगेका थिए,उनी राष्ट्रपतिको कार्यालयबाट अनुमति लिएर अजित नारायण थापालाई भेट्न गएका थिए कि आफू खुसी गएका थिए भन्ने बारेमा केही खुलेको छैन र यस विषयमा ।राष्ट्रपति पौडेलको कार्यालयले पनि केही बोलेको छैन ।

पौडेल राष्ट्रपतिभएपछि दवाव र सिफारिसमै थापालाई राजनीतिक सल्लाहकार नियुक्त गरिएको हुन सक्ने आशंका गरिएको थियो र उनको अहिलेको पदीय दम्भ र स्वेच्छाचारी प्रदृष्टिले उक्त आशंकालाई पुष्टी गर्न थप बल प्रदान गरेको छ । राष्ट्रपति पौडेलको कार्यालयले सल्लाहकारको यस्तो हर्कतलाई न खुलेर विरोध गर्न सुहाउछ न त स्वागत गर्न नै गलगाँण काटेर फाल्न पनि नसकिने र हल्लाउँदै झुण्डयाएर हिड्न सकस भए जस्तै राष्ट्रपति पौडेललाई सल्लाहकार थापा घाँडो हुन पुगेको घटना क्रमले देखाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया