Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचाररवि लामिछाने र पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेशविरुद्ध कास्की प्रहरीमा जाहेरी

रवि लामिछाने र पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेशविरुद्ध कास्की प्रहरीमा जाहेरी


पोखरा । पोखरास्थित सूर्य दर्शन बचत तथा ऋण सहकारीका पीडितहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित विभिन्न व्यक्तिविरुद्ध जाहेरी दिएका छन् । जाहेरीमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनको नामसमेत जोडिएको छ । पीडितहरुले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका हुन् ।

पीडितको जाहेरी दर्ता भने भएको छैन । यस विषयमा सरोकारवाला निकायसँग छलफल भइरहेको कास्की प्रहरीले जनाएको छ । पीडितहरुले आइतबार नै जाहेरी दर्ता गर्न खोजेका थिए । तर प्रहरीले प्रक्रिया नमिलेको भन्दै फर्काएको थियो ।

बचतकर्ताहरुको एक अर्बभन्दा बढी रकम अपचलन गरेर सहकारीका पूर्व अध्यक्ष गितेन्द्र (जीबी) राईसहित डेढ दर्जन बढी व्यक्तिहरु फरार छन् । सहकारीका कोषाध्यक्ष कुमार रम्तेलसहित केहीलाई भने अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।


क्याटेगोरी : समाचार, सहकारी–कृषि

तपाईको प्रतिक्रिया