Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमित्रमिलन सहकारी ठगी प्रकरणमा सहप्राध्यापक भण्डारी पक्राउ

मित्रमिलन सहकारी ठगी प्रकरणमा सहप्राध्यापक भण्डारी पक्राउ


पोखरा । पोखरास्थित मित्रमिलन बचत तथा ऋण सहकारी संस्थामार्फत बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं.२३ घर भइ हाल पोखरा–५ बस्दै आएका विष्णुप्रसाद भण्डारी रहेका छन् ।

उनी पृथ्वीनारायण क्याम्पसमा सहप्राध्यापकको रुपमा कार्यरत छन् । उनलाई सोमबार राति ८ बजे घरबाटै पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । सहकारी रकम हिनामिना प्रकरण बाहिरिएपछि भण्डारी फरार भएका थिए । पक्राउ परेका भण्डारीलाई मंगलबार अदालत पेस गरिने प्रहरीले जानकारी दिएको छ ।

भण्डारीले सहकारीको डेढ करोड बढी रकम अपचलन गरेको आरोप छ । यो सहकारी घोटला प्रकरणमा ३३ जना मुछिएर पक्राउ पुर्जी जारी भएकामा हालसम्म ७ जना पक्राउ परेका छन् भने बाँकी फरार छन् । सहकारीका तीन हजार चार सय ४६ वचतकर्ताका २६ करोड ८६ लाख ६४ हजार छ सय ४६ रुपैयाँ ठगिएकोमा सरकारी वकिलको कार्यालयले कानुन बमोजिम सजाय र २१ करोड बिगो माग दावी गरेर मुद्दा दायर गरेको छ ।


क्याटेगोरी : समाचार, सहकारी–कृषि

तपाईको प्रतिक्रिया