Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबचतकर्ताको १० अर्बभन्दा बढी रकम हिनामिना गरेका भरत महर्जनविरुद्ध रेड नटिस जारी

बचतकर्ताको १० अर्बभन्दा बढी रकम हिनामिना गरेका भरत महर्जनविरुद्ध रेड नटिस जारी


सहकारीको रकम हिनामिना गरेको आरोपमा प्रहरीले भरत महर्जनविरुद्ध रेड नटिस जारी गरेको छ । महर्जनले ललितपुरको पुल्चोकस्थित सुमेरु सेभिङ एण्ड के्रडिट सहकारीको रकम हिनामिना गरेको आरोप लागेको छ ।

तत्कलीन अध्यक्ष समेत रहेका महर्जनविरुद्ध सहकारी विभाग र सहकारीका हालका सञ्चालक समितिले सीआईबीमा उजुरी दिएका थिए । उक्त सहकारीमा ३५ हजार बचतकर्ताले राखेको १० अर्बभन्दा रकम महर्जनले हिनामिना गरेको सीआईबीको अनुसन्धानले देखाएको छ । महर्जन सम्पर्क बिहिन भएपछि रेड नोटीस जारी गरेको प्रहरी स्रोतले बताएको छ ।


क्याटेगोरी : समाचार, सहकारी–कृषि

तपाईको प्रतिक्रिया