Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसूर्यदर्शन सहकारी प्रकरण: पूर्वडीआईजी छबिलालको घरमा छापा, सहकारीको सूचनासहितको सर्भर बरामद

सूर्यदर्शन सहकारी प्रकरण: पूर्वडीआईजी छबिलालको घरमा छापा, सहकारीको सूचनासहितको सर्भर बरामद


काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीका ठगी प्रकरणका मुख्य नाइके जिबी राई (गितेन्द्रबाबु)का साझेदार नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीको संशमुलस्थित घरमा प्रहरीले छापा मारेको छ । जोशीको नाममा रहेको काठमाडौंको शंखमुलस्थित घरमा नेचर हब इन्टरनेसनल प्रालिको अफिस थियो । जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बुधबार साँझ छापा मारेको हो ।

प्रहरीका अनुसार उक्त घरबाट चार वटा सर्भर समेत बरामद भएको छ । सहकारीसम्बन्धी सम्पूर्ण सूचना तथा कारोबार भएको सर्भर उक्त घरमा राखिएको भन्ने विशेष सूचनाको आधारमा छापा मारिएको प्रहरीले जनाएको छ ।

जिबी राई ग्यालेक्सी फोर–के टेलिभिजनका सञ्चालकसमेत हुन् । राई र पूर्व डीआईजी जोशीको साझेदारमा ग्यालेक्सी फोर के टेलिभिजन समेत सञ्चालनमा आएको थियो । उनै पार्टनरको घरमा रहेको नेचर हबको कार्यालयमा सहकारी सम्पूर्ण सूचना भएको सफ्टवेयर राखिएको सूचनापछि प्रहरीले छापा मारेको हो ।

पोखराको सूर्यदर्शन सहकारीका पीडितहरुले सोमबार मात्रै रवि लामिछाने सहित १८ जनाविरुद्ध पुरक जाहेरी समेत दिएका छन् । यता यो सहकारीका मुख्य ठग भनिएका जीबी राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ भने रेड नोटिसका लागि समेत पत्राचार भएको छ । कास्कीमा मात्रै १९ हजारभन्दा बढी बचतकर्ताको एक अर्ब ३५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ ।


क्याटेगोरी : समाचार, सहकारी–कृषि

तपाईको प्रतिक्रिया