Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमित्रमिलन सहकारीका पूर्वअध्यक्ष राउत धरौटी बुझाएर छुटे

मित्रमिलन सहकारीका पूर्वअध्यक्ष राउत धरौटी बुझाएर छुटे


पोखरा । पोखरास्थित मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष कृष्णबहादुर राउत धरौटीमा रिहा भएका छन् । सहकारीको करोडौँ रकम हिनामिना भएको तथ्य सार्वजनिक भएपछि उनी फरार भएका थिए ।

राउत पोखरा महानगरपालिका वडा नं.१२ निवासी हुन् । कास्की जिल्ला अदालतले उनीविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको थियो । अदालतमा आफै उपस्थित भएका राउतसँग न्यायाधीश वसन्तजंग थापाको इजलासले १२ लाख रुपैयाँ धरौटी मागेको थियो । राउतले अदालतले मागेजति रकम बुझाएर रिहा भएका हुन् ।

सहकारीका ३ हजार ४ सय ४६ वचतकर्ताको २६ करोड ८६ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ ठगिएकोमा सरकारी वकिलको कार्यालयले कानुन बमोजिम सजाय र २१ करोड बिगो माग दावी गरेर मुद्दा दायर गरेको हो । सहकारी ठगीमा ३३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएपनि हालसम्म ९ जना मात्र पक्राउ परेका छन् । पक्राउ परेकामध्ये लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी र विष्णु प्रसाद भण्डारी धरौटीमा रिहा भईसकेका छन् ।

सञ्चालक समितिका अध्यक्ष रमण पौडेल, पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली, सहकारी सञ्चालक सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकार राजु बराल र शेयर सदस्य बुद्धिसागर पौडेल पुर्पक्षका लागि कारागारमा छन् । बाँकी फरार छन् ।


क्याटेगोरी : समाचार, सहकारी–कृषि

तपाईको प्रतिक्रिया