Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपाल्पामा जीप दुर्घटना ८ जनाको मृत्यु,घाइतेहरुको उद्धार कार्य जारी

पाल्पामा जीप दुर्घटना ८ जनाको मृत्यु,घाइतेहरुको उद्धार कार्य जारी


पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–६, चिदीमा लु १ ज २३७१ नम्बरको जीप पौने ५ बजेतिर दुर्घटना हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको हो ।अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, पाल्पाको टोली पुगेको छ । डुम्रेबाट चिदिसातर्फ जाँदै गरेको जीप सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको हो ।

प्रहरीका अनुसार, जीपमा १५ जना यात्रु सवार रहेको जानकारी प्राप्त भएको छ। दुर्घटनामा घाइतेहरुको उद्धार कार्य जारी रहेको प्रहरीले बताएको छ । घाइतेहरुको लुम्बिनी मेडिकल कलेज पठाइएको छ । जीप दुर्घटनाको कारण भने खुलेको छैन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया