Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाल वायुसेवा निगमको खरिद–प्रक्रियामा हाकिमको रजगज !

नेपाल वायुसेवा निगमको खरिद–प्रक्रियामा हाकिमको रजगज !


नेपाल वायुसेवा निगमको खरिद–प्रक्रियामा कति चलखेल र घोटाला हुँदोरहेछ भन्ने कुरा यसपल्ट विमानमा प्रयोग हुने मदिराजन्य उत्पादनको अन्तर्राष्ट्रिय ‘टेन्डर’मा प्रमाणित भएको छ । यही मिति पुस १७ गते यो वर्ष २०८०÷२०८१ को लागि उडानमा वितरण हुने मदिराजन्य उत्पादन वियर र वाइनको लागि बोलपत्र आह्वान गरिएको थियो । उक्त बोलपत्रमा पाँचवटा फर्म सहभागी भएका थिए । यो बोलपत्र आह्वान सार्वजनिक खरिद ऐनअन्तर्गत ई–बिडिङमा निगमका खरिद विभागका निर्देशक अनिल घिमिरेले स्वार्थपूर्ण हस्तक्षेप गरी विगतदेखि नै सप्लाई गर्दै विशाल ग्रुपको ग्लोबल ट्रेडिङ कम्पनीलाई दिन टेन्डरमा सहभागी चार फर्मलाई नै गैरकानुनी ढंगबाट पन्छाएको छ ।अर्को जिम्मेवारीमा सरुवा भइसकेका निर्देशक अनिल घिमिरेले आफूमातहतका कर्मचारीलाई अनावश्यक दबाब दिएर ग्लोबल ट्रेडिङ कम्पनीबाहेकको फर्मलाई ‘वान एस वान ई’को फारामलाई बीचमै थाहा नै नदिई ‘वान यस टु ई’ भएन भनेर अस्वीकार गरी केवल विशाल समूहको ग्लोबल ट्रेडिङ कम्पनीलाई मात्र छनौट गरिएको पत्र पठाएको बोलपत्रमा सम्मिलित कम्पनीहरूले जनाएको छ । निर्देशक अनिल घिमिरेले विशाल समूहसँग मिलेर विगतदेखि नै यस्तो अनिमियतता गर्दै आएको तथा भएको छ र भ्रष्ट चरित्र भएका निर्देशक घिमिरेलाई यही कारणले पनि व्यवस्थापनले बोलपत्र खोल्नुअगाडि नै सरुवा गरेको बताइन्छ ।

तर, सरुवापछि पनि अनावश्यक हस्तक्षेप गरेर फेरि यो वर्ष पनि विशाल समूहलाई दिने प्रपञ्च गरिएको छ । प्रतिस्पर्धामा रहेका अन्य चार फर्मको मूल्य विशाल समूहको भन्दा सस्तो हुने बुझेर नै निर्देशक घिमिरेले यस्तो घटिया हर्कत गरी निगमलाई आर्थिक घाटा गरेर विशाल समूहलाई पोस्ने काम गरेका हुन् । यसबाट निगमको उडानमा प्रयोग हुने खाद्यपदार्थ, पेयपदार्थ, मदिराजन्य पदार्थ एवं अन्य समानहरूको मूल्य बढी र कमसल गुणस्तरको हुनेगरेको सूत्रले बताएको छ ।निर्देशक घिमिरेले खरिदमा गर्दै आएको भ्रष्टाचार र अनियमितताले निगमको शाखमा समेत नराम्रो असर पुगेको निगमका कर्मचारीहरू बताउँछन् । झन् अहिले आफू सरुवा भइसकेपछि पनि आफूमातहतका कर्मचारीहरूलाई प्रभावमा पारी टेन्डर प्रक्रियामा एक्लो विशाल समूहले मात्र सप्लाई गर्न सक्ने गरी चलखेल हुनुलाई निर्देशक घिमिरेको भ्रष्ट आचरण खुलारूपमा बुझिएको छ । जब कि अन्य फर्मले स्वदेशी उत्पादन बियर र वाइन सप्लाई गर्न कम मूल्यमा अन्तर्राष्ट्रियस्तरको उत्पादनको उपयोगको लागि जोड दिएको बुझिएको छ । तर, निर्देशक घिमिरेको चलखेलले निगमलाई आर्थिकरूपमा घाटा पु¥याउने र नेपाली अन्तर्राष्ट्रिय उत्पादनको उपयोगमा समेत असर पर्ने भएको छ । यस्तो अनियमितता र भ्रष्टाचारको विरोधमा अख्तियारको समेत ढोका ढकढक्याउने अन्य फर्मका प्रतिनिधिहरू बताउँछन् ।


क्याटेगोरी : समाचार, सुलसुले
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया