Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारहलेसी तुवाचुङ र नाम्खाबीच मितेरी सम्बन्ध

हलेसी तुवाचुङ र नाम्खाबीच मितेरी सम्बन्ध


काठमाडौं । खोटाङको हलेसी तुवाचुङ नगरपालिका र हुम्लाको नाम्खा गाउँपालिकाबीच मितेरी साइनो गाँसिएको छ । शुक्रबार हलेसी तुवाचुङ नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा दुई स्थानीय तहबीच मितेरी गाँसिएको हो । सांस्कृतिक सम्बन्ध कायम गर्ने उद्देश्यले ती दुई स्थानीय तहबीच मितेरी साइनो गाँसिएको हो ।

कार्यक्रममा हलेसीकी नगरप्रमुख विमला राई र नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाबीच मायाको चिनो साटासाट गरिएको नाम्खा गापाका प्रशासन प्रमुख मोहनबहादुर शाहीले जानकारी दिए । शाहीका अनुसार उक्त कार्यक्रममा दुई स्थानीय तहका वडाध्यक्षहरूबीच पनि मायाको चिनो साटासाट गरिएको थियो ।

दुई पालिका धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा रहेका छन् । नाम्खामा रिङ्छेलिङ गुम्बालगायतका धार्मिक स्थल पनि छ । त्यहाँबाट ऐतिहासिक मानसरोवर नजिकै देखिन्छ । मानसरोवर पुग्न नसक्नेहरू नाम्खाबाटै मानसरोवरको दृश्य हेरेर फर्किन्छन् । हलेसी पनि किराँत, हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको पवित्र स्थल हो । यहाँ वर्षेनि लाखौँ धार्मिक पर्यटक जाने गर्छन् । उक्त कार्यक्रममा जनप्रतिनिधिको साथै कर्मचारीहरूको पनि उपस्थिति थियो ।


क्याटेगोरी : पालिका समाचार, समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया