Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठअटो बजारइनर्जी मोटर्सको दोस्रो सोरुम चितवनको पारस बसपार्कमा

इनर्जी मोटर्सको दोस्रो सोरुम चितवनको पारस बसपार्कमा


काठमाडौं,इर्नर्जी मोर्टस लिमिटेडले आफ्नो दोस्रो शोरुम चितवनको नारायगढस्थित पारस बसर्पाकमा सञ्चालनमा ल्याएको छ । कम्पनीले बुधबार एक कार्यक्रमका बीच शोरुमको उद्घाटन गरेको हो । कम्पनीका अनुसार उक्त सोरुम मार्फत एस. आर. एम र स्काई वेल ब्राण्डको ब्राण्डको इलेक्ट्रीक माईक्रो भ्यानहरु बिक्री गरिने छ । उक्त शोरुम मार्फत कम्पनीले ११ सिटे र १४ सिटे माईक्रो भ्यानहरु बिक्री गर्ने जानकारी दिएको छ । कम्पनीले बिक्रि गर्नै इलेक्ट्रीक माईक्रो भ्यानहरुमा पाँच बर्षको वारेन्टी रहेको र प्रत्येक सिंगल चार्जमा तीन सय किलोमिटर गुढ्ने दावी कम्पनीले गरेको छ ।

कम्पनीका अनुसार गाडी बिक्रिमा बिक्रिपछिको सबै सुविधाहरु उपलब्ध गराईएको छ । गाडी खरिदको लागि सरल, सहज र सहुलियत व्याजदरमा बैंकिङ सुविधा पनि उपलब्ध गराईएको जानकारी कम्पनीले दिएको छ ।साथै कम्पनीले बर्तमान अवस्थामा बिद्युत्तीय गाडीको प्रवेश र चुनौती, राष्ट्रिय हितमा बिद्युतीय गाडी या इन्धन गाडी बिषयक अन्र्तक्रिया कार्यक्रम पनि संचालन गरेको थियो । उक्त कार्यक्रमको आयोजकमा सार्वजनिक यातायात प्रवुद्ध समुह नेपाल, प्रायोजकमा पिसिएनपिएल एसआरएम इभी नक्साल र सह प्रायोजकमा इर्नर्जी मोर्टस प्रालि चितवन रहेका थिए ।


क्याटेगोरी : अटो बजार, समाचार
ट्याग : #page 3

तपाईको प्रतिक्रिया