Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभन्सार प्रमुखसहित चार जनाविरुद्ध मुद्दा

भन्सार प्रमुखसहित चार जनाविरुद्ध मुद्दा


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व छलीको आरोपमा विराटनगर भन्सारका तत्कालीन प्रमुखसहित ४ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख ताराप्रसाद सापकोटा, भन्सार अधिकृत नवकुल शर्मा, देव इन्टरनेशनलका सञ्चालक शेरबहादुर बस्नेत र भन्सार एजेन्ट शरणकुमार खरेलविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । देव इन्टरनेशनलले चीनबाट आयात गरेको सामान जाँचपासका क्रममा न्यून बिजकीकरण गरी गुणस्तर फरक पारी कानुन बमोजिम लिनुपर्ने राजस्व नलिएको पाईएको आयोगले जनाएको छ । आयोगका अनुसार कर्मचारी र आयातकर्ताको मिलेमत्तोमा २०७९ पुस २० गते चीनबाट ल्याईएको सामानको जाँचपास गर्ने क्रममा न्यून बिजकीकरण गरी, गुणस्तर फरक पारी कानुन अनुसार लिनुपर्ने राजस्व नलिने र छोड्ने कोशिस गरेको पाईएको हो । तर पछि भन्सार विभागबाट नियमित ताकेता र निगरानी भएपछि आसिकुडा सिस्टममा दर्ता भएको एम ७२६ को प्रज्ञापनपत्र समेत डिलिट गरेको पाइएको आयोगले जनाएको छ ।

भन्सार विभाग र अर्थ मन्त्रालयको लगातार फलोअप र छानबिन समिति गठन गरेपछि तत्कालीन भन्सार प्रमुख सापकोटासमेतले पुनः २०७९ माग १० गते नयाँ प्रज्ञापन पत्र एम ४०५७ दर्ता गरि माघ ११ गते उक्त कम्पनीसँग थप राजस्व रकम लिएको अख्तियारको दाबी छ । उनीहरुले शुरुमा एम ७२६ को प्रज्ञापनपत्र जाँचपास गर्दा सो कम्पनीले आयात गरेको सामाग्रीलाई अमेरिकी डलर ७३४३२.४६ मुल्याङ्कन गरेका थिए । तर छानविन समिति गठनपश्चात उनीहरुले ८६९०९ अमेरिकी डलर थप गरि भन्सार प्रक्रिया पुरा गरेको पाईएको हो ।

उनीहरुले शूरुमा बनाएको प्रज्ञापनपत्र अनुसार राजस्व निर्धारण भएको भए सरकारलाई ८४ लाख ५५ हजार ६०५ रुपैयाँ नोक्सान पर्ने अख्तियारले जनाएको छ । आयोगले सोही रकमलाई नै रकम बिगो कायम गरेर चारै जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया