Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमुख्यमन्त्री कँडेललाई विश्वासको मत

मुख्यमन्त्री कँडेललाई विश्वासको मत


कर्णाली, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गरेका छन्। कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनको आज बसेको १०औँ बैठकमा उहाँले विश्वासको मत प्राप्त गरेका हुन ।
कुल ४० प्रदेशसभा सदस्य रहेको कर्णालीमा ३५ सदस्य उपस्थित थिए । उपस्थित २३ प्रदेशसभा सदस्यले मुख्यमन्त्री कँडेलको पक्षमा मतदान गर्नुभएको थियो । यस्तै १२ प्रदेशसभा सदस्यले उनको विपक्षमा मतदान गरेका थिए । एक सदस्य तटस्थ रहे ।
मुख्यमन्त्री कँडेलले विश्वासको मत प्राप्त गर्न सभासमक्ष राख्नुभएको प्रस्तावको पक्षमा जम्मा २३ मत परेको र उक्त सङ्ख्या प्रदेशभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमत भएकाले सभामुख नन्दा गुरुङले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम राखेको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।
हाल कर्णाली प्रदेशसभामा नेपाली काँग्रेसका १४, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एमाले) का १० तथा नेकपा (एकीकृत समाजवादी), राप्रपा र स्वतन्त्र एक एक गरी ४० सदस्य रहेका छन् । प्रदेशसभाको अर्को बैठक यही वैशाख १७ गते दिउसो ३ः०० बजे बस्ने छ ।
रासस

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया