Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकैलाश सिरोहियालाई ३ दिन हिरासतमा राख्न जिल्ला अदालत धनुषाको अनुमति

कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राख्न जिल्ला अदालत धनुषाको अनुमति


काठमाडौं,कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राख्न जिल्ला अदालत धनुषाले प्रहरीलाई अनुमति दिएको छ । नागरिकता कीर्ते गरेको अरोपमा अुसन्धानका लागि पक्राउ परेका सिरोहियालाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

नेपाल प्रहरीले भने जिल्ला सरकारी वकिल कार्यालयमार्फत सिरोहियालाई ५ दिन हिरासतमा राख्न माग गरेको थियो । तर न्यायाधीश चुडामन खड्काको इजलासले प्रहरीलाई ३ दिन हिरासत राख्न अनुमति दिएको हो । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कार्यलयबाटै मंगलबार पक्राउ गरि राति नै जनकपुर लगेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x