Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसोलुखुम्बुको स्वास्थ्य कार्यालय भवन सम्पन्न

सोलुखुम्बुको स्वास्थ्य कार्यालय भवन सम्पन्न


सल्लेरी (सोलुखुम्बु) । विसं २०७१ देखि सुरु गरिएको स्वास्थ्य कार्यालय सोलुखुम्बुको भवन निर्माण पटक-पटक म्याद थप गर्दै एक दशकमा गत वैशाखमा सम्पन्न भएको छ ।

स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले निर्धारित समयमा निर्माण नभएपछि पटकपटक म्याद थप गरी दश वर्षमा भवन सम्पन्न भएको बताए । २०७१ साल माघ २० गते दुई वर्षमा निर्माण सक्नेगरी निलगिरि निर्माण सेवाले दुई करोड ३८ लाख तीन हजार ५३ को लागतमा जिम्मा लिएको थियो ।

प्रमुख तिवारीले दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी जिम्मेवारी पाएको कम्पनीले लापरबाही गर्दा राज्यले स्वास्थ्य कार्यालयका लागि घरभाडामा मात्रै ५० लाख खर्च गरेको बताए । तिवारीले भवन हस्तान्तरण भएसँगै गत वैशाख १६ गते स्वास्थ्य कार्यालय भाँडाको भवनबाट आफ्नै भवनमा सरेको पनि जानकारी गराए ।

भवन अलपत्र छाडेर निर्माण सम्पन्न नगरि ठेकेदार बेपत्ता बन्दा कार्यालय भाडामा बस्नु परेको थियो । अहिले आफ्नै भवनबाट सेवा सञ्चालन सुरु गरेसँगै घर भाँडाबापतको कार्यालयले तिर्दै आएको वार्षिक रु. पाँच लाख जोगिएको छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य / जिवनशैली

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x