Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजलवायु परिवर्तनका कारण हिमालमा बढी असर: उपप्रधानमन्त्री श्रेष्ठ

जलवायु परिवर्तनका कारण हिमालमा बढी असर: उपप्रधानमन्त्री श्रेष्ठ


काठमाडौँ । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौँमा जारी ‘अन्तर्राष्ट्रिय संवाद’ मा जलवायु परिवर्तनले निम्त्याएका समस्या न्यूनीकरण गरी पृथ्वीको सुरक्षाका लागि ध्यानाकर्षण गराएका छन् । उनले जलवायु परिवर्तनका कारण हिमालमा बढी असर परेकाले हिउँ पग्लिँदै गएकाले यस्ता समस्या न्यूनीकरणका लागि साझा प्रयत्न जरूरी रहेको बताए ।

नेपालजस्ता मुलुकको पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्याले नकारात्मक असर परिरहको भन्दै सहभागीको ध्यानाकर्षण गराए । पृथ्वीको बढ्दो तापमान वृद्धिले जलवायु परिवर्तनको समस्या अझै बढ्नसक्ने भन्दै उनले तापमान वृद्धि एक दशमल पाँच डिग्री सेल्सियसमा सीमित राख्नुपर्नेमा जोड दिए ।

न्यूनीकरण र अनुकूलनको तयारीमा नजुटे अझै बढी असर पर्ने धारणा राख्दै मन्त्री श्रेष्ठले जलवायु परिवर्तनका असरले हिमाली भेगका समुदाय, त्यहाँको परिस्थितिकीय प्रणाली, कृषि, वन्यजन्तुलगायतमा गम्भीर असर पारिरहेको उल्लेख गरे । जलवायु परिवर्तनको असरका कारण विपद्जन्य घटना बढ्न सक्ने र समयमा नै सबै क्षेत्र सजक रहेर जलवायुको असर न्यूनीकरणमा लाग्नुपर्ने उनको भनाइ थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x