Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्रिय वाणिज्य बैंक र मुद्रण विभागबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र मुद्रण विभागबीच सम्झौता


काठमाडौँ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र मुद्रण विभागबीच विभागका कर्मचारीलाई ‘पेसाकर्मी सरल कर्जा प्रवाह’ गर्न सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र विभागका महनिर्देशक रेखा कँडेलले आज यहाँ आयोजित कार्यक्रममा हस्ताक्षर गरे । सम्झौता भएपश्चात विभागमा कार्यरत तोकिएको सेवाअवधि पूरा गरेका कर्मचारीहरुलाई विभागको सिफारिसमा अधिकतम रु १५ लाखसम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले पेसाकर्मी सरल कर्जा प्रवाह गर्ने जनाइएको छ ।

बैंकले आधार दरमा दुई प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने छ । हाल बैंकको आधार दर ७÷३५ प्रतिशत रहेको छ । सम्झौताअनुसार विभागका कर्मचारीहरुको तलबी खाता बैंकले सञ्चालन गर्नेछ । यस सम्भौतापश्चात् दुवै पक्ष लाभान्वित हुने विश्वास गरिएको छ ।सो अवसरमा विभागका वरिष्ठ मुद्रण अधिकृत पद्यराज पाठक, बैंकका विभागीय प्रमुख राज्यलक्ष्मी खड्गी, बैंकका सिंहदरबार परिसर शाखाका शाखा प्रबन्धक अनिश रायमाझीलगायतको उपस्थिति रहेको थियो । बैंकको हाल ७७ जिल्लामा २८७ शाखा कार्यालय, तीन सय आठ एटिएम र ७१ एक्स्टेन्सन काउण्टर रहेको बैंकद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ ।रासस


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x