Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकृष्णपुरमा कोरोना रोक्न तीन करोड खर्च

कृष्णपुरमा कोरोना रोक्न तीन करोड खर्च


कञ्चनपुर, साउन २२
कञ्चनपुरको कृष्णपुर नगरपालिकाले कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणमा गरिएको खर्च सार्वजनिक गरिएको छ । नगरपालिकाले २ करोड ९८ लाख ७० हजार रुपैयाँ खर्च गरेको छ ।कृष्णपुरमा क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चालनमा ६३ लाख रुपैयाँ खर्च गरिएको छ ।

यसैगरी राहत वितरणमा ७७ लाख ८० रुपैयाँ र स्वास्थ्य सामाग्री खरिदमा ५७ लाख ६० हजार रुपैयाँ खर्च गरिएको छ । कृष्णपुरमा ६ हजार ८९ परिवारलाई राहत वितरण गरिएको छ, त्यहाँ ३० क्वारेन्टाइन सञ्चालन गरिएका हुन् । क्वारेन्टाइनमा बसेका वासिन्दाको खानामा एक करोड हाराहारी खर्च गरिएको छ । खानामा ९५ लाख ८४ हजार रुपैयाँ खर्च भएको छ ।

नगरपालिकाले सार्वजनिक गरेको खर्च विवरणअनुसार सरसफाइमा ५१ हजार रुपैयाँ, स्वयंसेवकमा ३९ लाख रुपैयाँ खर्च गरिएको छ । नगरपालिकाले वडागत कोरोना रोकथाम र नियन्त्रणका लागि गरिएको खर्च पनि सार्वजनिक गरेको छ । नगरपालिकाका अनुसार वडा नम्बर १ मा ३१ लाख ५६ हजार रुपैयाँ, २ मा ३४ लाख ६५ हजार रुपैयाँ, ३ मा ९ लाख ६६ हजार रुपैयाँ, ४ मा ३३ लाख १४ हजार रुपैयाँ र ५ मा २१ लाख ८६ हजार रुपैयाँ खर्च गरिएको छ ।

यसैगरी वडा नं ६ मा १४ लाख २८ हजार रुपैयाँ, ७ मा १९ लाख ५२ हजार रुपैयाँ, ८ मा १६ लाख ६९ हजार रुपैयाँ र ९ मा १० लाख १८ हजार रुपैयाँ कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च गरिएको छ । कञ्चनपुरमा यस अघि बेलौरी नगरपालिकाले कोरोना नियन्त्रण तथा रोकथाममा गरेको खर्च सार्वजनिक गरेको थियो । बेलौरीमा दुई करोड १० लाख खर्च गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x