ट्राफिक नियम मिच्ने १५ हजार सवारीसाधन कारबाहीमा
काठमाडौं, पुस १०
महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक प्रयोगकर्ता, पैदल यात्री, चालक र सहचालक, स्कुल र कलेजका विद्यार्थीहरूलाई ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न ३ महिने विशेष ट्राफिक उज्यालो अभियान सञ्चालन गरेको छ । सोही अभियानसँगै उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन, सचेतनापश्चात् सडक प्रयोगकर्ताहरुमा ट्राफिक नियमसम्बन्धी जिम्मेवारी बोध गराउन र कानुन कार्यान्वयनका लागि विशेष मोबाइल चेकिङ तथा कारबाही अभियानमार्फत उपत्यकामा पुस १ देखि ८ गतेसम्म १५ हजार चार सय ४४ सवारी ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् ।
महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठका अनुसार सबैभन्दा धेरै सार्वजनिक सवारीसाधनहरूमा ढोका खुल्ला राखेर चलाउने एक हजार २२ सवारी चालक कारबाहीमा परेका छन् । त्यस्तै, सडकमा सवारी तथा पैदलयात्रीहरूलाई आवतजावतमा अवरोध हुने गरी पार्किङ गर्ने नौ सय ५०, हर्न बजाउने पाँच सय, मा.प.से. सेवन गरी सवारी चलाउने सात सय ९०, लेन अनुशासन पालना नगर्ने सात सय ९९, जथाभावी पिक एण्ड ड्रप गर्ने छ सय ७०, एकतर्फी (वान वे) मा चलाउने एक सय ८९, जथाभावी सवारी मोड्ने दुुई सय २९, बढी भाडा लिनेमा दुई सय ४४ ट्याक्सी कारबाही, क्षमताभन्दा बढी यात्रु सवार र झुण्ड्याउने २८, सिसिटिभी सर्भिलेन्स भेहिकलमार्फत पाँच सय २९ सवारी कारबाही, तीन सय १५ वटा ट्रक र ट्रिपर कारबाही, जेब्रा क्रसिङमा सवारी नरोक्ने दुुई सय ९५, सवारीसाधनको अवस्था ठीक नभएको पाँच सय ७० सवारी चालकहरूलाई कारबाही गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
प्रवक्ता श्रेष्ठका अनुसार उनीहरूलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार जरिवाना हुनेछ । साथै महाशाखाद्वारा मंसिर महिना मात्रै ५३ हजार एक सय ९३ सवारी चालकलाई कारबाही गरिसकेको छ । यस्तै, तीन महिने विशेष ट्राफिक उज्यालो अभियानमार्फत सात हजार जनाभन्दा बढीलाई सचेतना समेत प्रदान गरिएको प्रवक्ता श्रेष्ठले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- कुटपिटबाट २६ वर्षीय युवाको मृत्यु, घटनामा संलग्न सात जना पक्राउ
- राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट
- इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट
- हजार र पाँच सयका नक्कली नोटसहित एक युवा पक्राउ
- तीन महिने अभियानलाई जसपाले निरन्तरता दिने
- मङ्सिर २३ गते परराष्ट्रमन्त्री साउद कतार जाँदै
- ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
- नेप्सेमा सर्भरको समस्या
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
तपाईको प्रतिक्रिया