नेपाल ट्रस्टको जग्गा एक महिनाभित्र यतिलाई
काठमाडौं, पुस १३
विवादास्पद बनेको नेपाल ट्रस्टको जग्गा अन्ततः यति होल्डिङ्सलाई थप समयका लागि प्राप्त गर्ने निश्चित भएको छ । निकै सस्तो मूल्य तथा विना प्रतिस्पर्धा सरकारले यतिलाई थप समयको लागि जग्गा लिजमा दिने निर्णयसँगै सरकार र नेपाल ट्रस्टको कार्यालय विवादमा परेको थियो । सरकारले एक अर्ब एक करोड ५१ लाख रुपैयाँ लागतमा यतिलाई थप २५ वर्षको लागि लिजमा जग्गा उपलब्ध गराउन लागेको ट्रस्टका सचिव गजेन्द्र ठाकुरले बताए ।
‘नेपाल सरकारले २७ सय ९२ रोपानी ३ पैसा १ दामबराबरको जग्गा २५ वर्षका लागि उक्त रकममा यतिलाई प्रदान गरेको हो’, उनले भने, ‘हामीले प्रतिस्पर्धा गरेर नै यतिलाई थप समयका लागि जग्गा उपलब्ध गराउन लागिएको हो । मूल्यको कुरा गर्दा सरकारले जग्गा खाली राख्दा कुनै आम्दानी हुँदैन, त्यसैले कसै न कसैलाई लिजमा दिनु आवश्यक छ ।’
जग्गाका लागि दुईवटा कम्पनीले निवेदन दिएको समेत ट्रस्टको कार्यालयले जनाएको छ । यता मन्त्रिपरिषद्ले भने गत मंसिर २३ गते यतिलाई गोकर्ण रिसोर्टसहित थप जग्गा नयाँ लिज रकममा दिने निर्णय गरेको थियो । ‘कार्यालयको गत कात्तिक २६ गते बसेको ४९औं बैठकले यतिलाई गोकर्ण रिसोर्टसहित थप होटेल निर्माणको लागि सम्झौता गरेको विषयमा मन्त्रिपरिषद्मा जानकारी गराएका थियौं’, उनले भने, ‘सोहीअनुरुप मन्त्रिपरिषद्ले गत कात्तिक २३ गते यति समूहलाई जग्गा प्रदान गर्न निर्णय गरेको थियो ।’
मन्त्रिपरिषद्को निर्णयअनुरुप तथा ट्रस्टसँग भएको सम्झौताअनुरुप अबको केही समयभित्र रिसोर्टलाई जग्गा उपलब्ध गराउने उनले बताए । उनका अनुसार थप समयको लागि भाडामा जग्गा दिन बोर्डको बैठक आवश्यक हुन्छ । उनले भने, ‘हामी हुँदा बैठक बस्ने तयारी गरेका छौँ । अबको केही समयभित्र बोर्ड बैठक बसी अघि बढ्नेछौँ ।’
सो जग्गामा यतिले पुराना संरचना मर्मत तथा नयाँ संरचना निर्माण गर्ने जनाएको छ । कम्पनीले २९ करोड रुपैयाँ लगानी गरी ४८ वटा शयन कक्ष र चार सय जना क्षमताको हल निर्माण गर्ने तथा ९२ करोड लगानी गरी थप १२ सय रोपनी जग्गा समेत माग गरेको कार्यालयले जनाएको छ । गोकर्णमा ट्रस्टको ३९ सय ७१ रोपनीजग्गा रहेको बताइएको छ । यतिले भने सम्पूर्ण जग्गा माग गरेको कार्यालयले जनाएको छ । ‘हामीले हाललाई भने २७ सय ९२ रोपानी मात्र यतिलाई दिएका हौं’, सचिव ठाकुरले भने ।
सो जग्गा यसअघि २०५२ साउन ३१ म सिंगापुरको एल.एम. सुभिर ब्रदर्स प्रालिलाई भाडामा दिएको थियो अर्थात् तत्कालीन राजा वीरेन्द्रको समयमा सो जग्गा सिंगापुरको सुभिर ब्रदर्सले लिएको हो । यतिले प्रालिको सम्पूर्ण सम्पत्ति २०७६ मा आफनो नाममा ल्याएको जनाएको छ । सोसँगै यतिले ट्रस्टसँग नयाँ सम्झौता गर्न लागेको हो । यतिले पाँच वर्ष आठ महिनाअगावै लिज अवधि थप गर्नको लागि ट्रस्टलाई भनेको थियो । सोहीअनुरुप ट्रस्ट र यति समूहबीच सम्झौता भएको सचिव ठाकुरले बताए ।
ट्रस्टको कार्यालयले यतिलाई सो जग्गा उपलब्ध गराउँदा सरकारलाई निक्कै फाइदा हुने समेत जनाएको छ । सचिव ठाकुरका अनुसार यतिलाई जग्गा उपलब्ध गराउँदा व्यावसायिक करबापत ३ अर्ब ९ करोड प्राप्त हुने तथा रोजगारी सिर्जना हुने, पर्यटन उद्योगमा सहयोग पुग्ने, सम्पत्तिको संरक्षण हुने र सामाजिक सांस्कृतिक प्रवद्र्धन समेत हुने जनाएको छ । यतिले सञ्चालन गरिरहेको सो जग्गामा हाल नै ६ वटा रेष्टुरेन्ट रहेका छन् जसमा गोकर्ण स्विट १, जुनियर स्विट ५, क्लब रुम १०, भिल्ला रुम १८ र डिलक्स रुम ६८ वटा रहेका छन् ।
यतिसँग भएको सम्झौता विवादास्पद भएको आरोप लागेसँगैैैैैै ट्रस्टले काठमाडौं प्लाजालाई भने लिजमा दिने निर्णय गरेको जनाएको छ । ट्रस्टका सदस्य सचिव राजेश्वर ज्ञवालीका अनुसार प्लाजको लिज अवधि सकिन केही समय मात्र बाँकी रहेको हुँदा बोलपत्र आह्वान गर्ने तयारी भएको छ । प्लाजाको ३० वर्षे लिज अवधि सकिन लागेको उल्लेख गर्दै उनले भने, ‘हामी छिटै नै बोलपत्र आह्वान गरी इच्छुक व्यक्ति छनौट गर्छौँ ।’
यस्तै ट्रस्टले काठमाडौंको ताहचलस्थित रहेको ट्रस्टको जग्गा समेत सस्तो मूल्यमा यति समूहअन्तर्गतको थोमसेर्कु ट्रेकिङलाई दिन लागेको छ । काठमाडौं महानगरपालिका वडा नं १३ रहेको ४ रोपनी ५ आना जग्गा ट्रेकिङलाई दिन लागेको सचिव ज्ञवालीले बताए । सो स्थानमा ट्रस्टको ५ रोपनी ६ आना २ पैसा जग्गा रहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- फास्ट-ट्र्याकको डिजाइन नेपाली सेनाको व्यवस्थापनमा परिवर्तन गरिने
- निर्वाचन आयोगले शुक्रबार सर्वदलीय छलफल गर्ने
- नयाँ बसपार्कबाट सञ्चालन हुन थाले माइक्रोबस
- बंगलादेशमा गर्मी बढ्यो, विद्युत् कटौतीसँगै विद्यालय बन्द
- भोडाफोन र हचिसनले मर्जर घोषणा गर्ने
- विश्व बजारमा गहुँ र मकैको मूल्य बढ्यो
- सेयर बजारको उकालो यात्रा कायम नैं
- नेपाल घरेलु तथा साना उद्योग महासंघ ३४ औँ वर्षमा
धेरैले पढेको
- मध्यपहाडी राजमार्गका ठेक्काहरू तोड्दै कार्यस्थल छाड्न निर्माण व्यवसायीलाई निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया