Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआज १६ अर्ब ८९ करोड रुपैयाँको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

आज १६ अर्ब ८९ करोड रुपैयाँको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक


काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज सोमबार १८ अर्ब २५ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सोमध्ये १५ अर्ब २५ करोड पुरानो नवीकरण बाँकी तीन अर्ब मात्र नयाँ रहेको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

यही असोज २७ गते जारी मिति तोकिएको टे«जरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको सहभागिता रहनेछ । राष्ट्र बैंकका अनुसार बिक्री खुल्ला गरिने कुुल ट्रेजरीमध्ये २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको आठ अर्ब, एक सय ८२ दिने अवधिको दुुई अर्ब २५ करोड र तीन सय ६४ दिने अवधिको तीन अर्ब रुपैयाँको रहेको छ ।

जसमध्ये २८ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७७ कात्तिक २५ गते, ९१ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७७ पुुस २८ गते, एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७७ चैत ३१ गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७८ असोज २६ गते तोकिएको छ । राष्ट्र बैैंकका अनुसार यसअघि यही असोज १९ गते पनि २० अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गरिएको थियो । सोमध्ये ९१ दिने अवधिको १० करोड र एक सय ८२ दिने अवधिको २० अर्ब रुपैयाँको रहेको थियो ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षभित्र दुुई खर्ब २५ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । सोअनुुसार चालू आवको प्रथम चौमासिकमा ५७ अर्ब, दोस्रो चौमासिकमा ५६ अर्ब र तेस्रो चौमासिकमा ४९ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल, ६० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र दुई अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने लक्ष्य राष्ट्र बैंकको रहेको छ । सोहीअनुुरुप राष्ट्र बैंकले पछिल्लो समयमा विकास ऋणपत्र, ट्रेजरी बिललगायतका मौद्रिक उपकरणको बिक्री खुल्ला गर्दै आएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया