३८ थान नक्कली सवारी चालक अनुमतिपत्रसहित भक्तपुरबाट गिरी पक्राउ
प्रहरी भन्छ : अप्रत्याशित रुपमा आर्थिक हैसियत बढेको पाइयो
काठमाडौं ।
नक्कली सवारी चालक अनुमतिपत्रसहित भक्तपुरबाट एक व्यक्ति पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईका अनुसार महाशाखाको पीडित सहायता इकाइबाट विशेष सूचनाको आधारमा खटिएको सादा पोशाकका ट्राफिक प्रहरी टोलीले मंगलाबार नक्कली सवारी चालक अनुुमतिपत्रको कारोबारमा संलग्न आशिष गिरीलाई पक्राउ गरिएको हो ।
‘मध्यपुर ठिमी नगरपालिका वडा नं. ६ ठिमिबाट सिन्धुपाल्चोक सााँगाचोकगढी नगरपालिका वडा नं. १२ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ७ बस्ने २८ वर्षीय गिरीलाई पक्राउ गरिएको हो’, महाशाखा प्रमुुख भट्टराईले भने । पक्राउ परेका गिरीको साथबाट उनले प्रयोग गर्दै आएको बा.१५च ४६८४ नं. को हुण्डाई कम्पनीको २० कार तथा किर्ते गरी बनाइएका ३८ थान नक्कली सवारी चालक अनुमतिपत्र र विभिन्न बैंकका चेक समेत बरामद भएको महाशाखा प्रमुख भट्टराईको भनाइ छ ।
यीबाहेक विभिन्न नागरिकका नाममा जारी भएको नागरिकताको प्रतिलिपि चार थान, सवारी चालक अनुमतिपत्रको कर तिरेको एक थान रसिद, सवारी चालक विवरणको पाँच थान कागज, बा.१५च ४६८४ नम्बरको गाडीको विलबुक, विभिन्न बैंकको २५ लाख रुपैयाँबराबरको चार थान चेक, तीन थान मोबाइल र नगद ४१ हजार पाँच सय रुपैयाँ बरामद भएको छ ।
पक्राउ परेका गिरीउपर थप अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी वृत्त मध्यपुर ठिमी पठाइएको महाशाखा पठाइएको छ । ‘पहिलेदेखि नै ती व्यक्तिले नक्कली सवारीसाधानको कारोबार गर्ने गरेको जानकारी महाशाखामा आएको र सोही सूचनाको आधारमा खोजी गर्दा उनी पक्राउ परेका हुुन्’, महाशाखा प्रमुख भट्टराईले भने ।
कर्मचारी समेतको मिलेमतो आशंका छ : वृत्त प्रमुख कडेँल
नक्कली सवारी चालक अनुमतिपत्रको कारोबारमा संलग्न भएको अभियोगका पक्राउ परेका आशिष गिरीका विषयमा महानगरीय प्रहरी वृत्त मध्यपुर थिमीका डीएसपी ऋषिराम कँडेलले गिरीले विगत लामो समयदेखि नक्कली सवारी चालक अनुुमतिपत्रको कारोबार गर्ने गरेको जानकारी वृत्तमा पनि आएको बताए । ‘सोही जानकारीको आधारमा हामीले गिरीलाई लामो समयदेखि खोजिरहेका थियौँ ।’ महानगरीय ट्राफिक प्रहरीको खोजीको सूचीमा पनि गिरी रहेका थिए ।
महानगरीय ट्राफिक प्रहरी र महानगरीय प्रहरी वृत्त ठिमीको सहकार्यमा गिरी पक्राउ परेका हुुन् । डीएसपी कँडेलका अनुसार गिरीको आर्थिक हैसियत दुुई÷तीन वर्ष अगाडिसम्म केही पनि थिएन । सो पश्चात्को दुुई÷तीन वर्षको अवधिमा भने उनले घर, गाडी सबै जोेडेको देखिएको छ । ती आम्दानीको स्रोत पुष्टि हुँदैन ।
पक्राउ पर्दा बरामद भएको डायरीबाट पनि उनले विभिन्न व्यक्तिहरूलाई दिनुुपर्ने रकम, लिनुुपर्ने रकम उल्लेख भएको छ, विभिन्न बैंकहरूको चेक बरामद भएको छ । यसले गर्दा पनि पक्राउ परेका गिरीउपर थप अनुसन्धान हुुनुुपर्छ । ‘थप अनुसन्धानको लागि गिरीलाई महानगरीय प्रहरी परिसर भक्तपुर पठाएका छौँ’, वृत्त प्रमुुख कँडेलले भने, ‘गिरीले गरेको काम फेक भए पनि डकुमेन्टेसन भने सक्कली नै देखियो, यातायात कार्यालयका कुुनै कर्मचारीहरूको संलग्नताविना यो कार्य सम्भव छैन, यो विषयमा थप अनुसन्धान हुुनु आवश्यक छ, र हुन्छ ।’
यातायात कार्यालय जगाते निकट स्रोतले भने गिरी पक्राउपश्चात् यातायात कार्यालयका कम्प्युटर शाखामा काम गर्ने केही कर्मचारी कार्यालयमा नआएको बताएको छ । ‘गिरीले गर्ने काम नक्कली हो, तर कागजपत्र सबै सक्कली हो, ती व्यक्तिले यातायात कार्यालयकै कम्प्युटर शाखामा काम गर्ने कर्मचारीको सहयोगमा गरेका हुुन्, ती कर्मचारी कार्यालयमा अहिले आएका छैनन्’, स्रोतले भन्यो ।
सोही विषयमा यातायात कार्यालय जगातेमा सम्पर्क गर्दा सबै कर्मचारीको कार्यालयको सम्पर्कमा रहेको र कम्प्युटर शाखामा काम गर्ने एक जना कर्मचारी बिरामी परेकाले कार्यालयमा उपस्थित नभएको जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- इलाम–२ मा सर्वपक्षीय बैठक सुरू, मतगणना केहीबेरमा हुँदैे
- लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- एक सय ५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै
- इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो
- नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित
- बझाङमा ४३ प्रतिशत मतदान
- इलाम-२ मा ५२ प्रतिशत मत खस्यो
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया