Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमुख्यमन्त्रीले अभिभावकत्व लिएका विद्यार्थीलाई आवश्यक सामग्री प्रदान

मुख्यमन्त्रीले अभिभावकत्व लिएका विद्यार्थीलाई आवश्यक सामग्री प्रदान


विराटनगर, पुस २०
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अभिभावकत्व लिएका विद्यार्थीलाई शुक्रबार आवश्यक सामग्री हस्तान्तरण गरिएको छ । गत वर्ष मुख्यमन्त्री राईले अल्पसंख्यक समुदायका तीन जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका थिए । मोरङको रतुवामाई नगरपालिका ५ र ६ नम्बर वडाका रोजिना खातुन, सुदर्शन मुर्मु र विनोद मुर्मुको घरमा पुगेर आवश्यक सामग्री प्रदान गरिएको हो । मोरङको रतुवामाईस्थित सरस्वती माविमा अध्ययनरत यी बालबालिकाहरुलाई आवश्यक पर्ने शैक्षिक सामग्री, खाद्यान्न सामग्री र जाडोको लत्ता कपडा प्रदान गरिएको हो ।

रतुवामाई नगरपालिका वडा नं ६ का वडा अध्यक्ष तुलाराम लुँइटेल, समाजसेवी, भरतमणि कार्की, शिक्षक भिम लुइँटेल, शिक्षिका भीमकला बस्नेत र विद्यार्थी नेता भाष्कर खनालको उपस्थितिमा मुख्मन्त्रीको तर्फबाट प्रेस सल्लाकहकार ध्रुव सुवेदीले आवश्यक सामग्री प्रदान गरेका थिए । विद्यार्थी भर्ना अभियानको क्रममा २०७५ वैशाख ९ गते यी बालबालिकाहरुको मुख्यमन्त्री राईले अभिभावकत्व ग्रहण गरेका थिए । उनीहरु बाल कक्षामा अध्ययनरत छन् । अत्यन्तै गरिब परिवारका यी बालबालिकाहरुको पठनपाठन र रेखदेखको जिम्मेवारी मुख्यमन्त्री राईले लिएका हुन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया