आर्थिक आधारमा आर्थिक जरिवाना मात्र हुनुपर्ने
काठमाडौं, पुस २८
नेपाल चेम्बर अफ कफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आर्थिक आधारमा आर्थिक जरिवाना मात्र हुनुपर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको ६९औं वार्षिक साधारणसभा, चेम्बर दिवस तथा चेम्बरको ७० वर्ष प्रवेशको पूर्वसन्ध्यामा चेम्बर कार्य समितिका सदस्य, प्रदेश/नगर चेम्बर अफ कमर्सका अध्यक्षहरु र प्रतिनिधिसँगको भेटघाट तथा राजस्वसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा उनले आर्थिक ऐन लागू भएको चार महिनाभित्रै करका दर परिवर्तन हुन नहुने बताएका हुन् । अध्यक्ष श्रेष्ठले अनिवार्य प्यान, ढुवानीमा भ्याट, स्थानीय, प्रदेश तथा संघमा दोहोरो र फरक मापदण्ड, भन्सार मूल्यांकन, बैंक कर्जालाई कर कार्यालयको सहमति, पुर्ख्यौली सम्पत्ति हक स्थानान्तरमा उच्च कर र सम्पत्ति अभिलेखीकरणलगायतमा जोड दिए ।
उनले नेपालमा संघीयता लागू भएपछि चेम्बर पनि पहिलेजस्तो एकात्मक संरचनामा रहनु सान्दर्भिक नभई मुलुकको नीति निर्माणमा चेम्बरले गरेको नेतृत्वदायी भूमिका र अभियानमा जोडिन चाहेपछि स्थापित अवसरमा आउँदा राजस्वसम्बन्धी समस्या एंव सुझावसम्बन्धी आयोजना गरिएको जानकारी दिए । कार्यक्रममा राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले आफ्नो विभागले असल व्यवसायीको संरक्षण गर्ने, छानबिन अनुसन्धान मात्र गर्ने र पारदर्शी व्यवसायलाई प्रवर्द्धन गर्ने बताए । उनले कर प्रणाली स्वंय कर निर्धारण प्रणालीमा आधारित भएको हुँदा उद्यमी व्यवसायीलाई तदनुसार नै आफ्नो क्रियाकलाप गर्न आग्रह गरे ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक मैनालीले २०७१ सालदेखि नै चर्चामा रहेको भीसीटीएस प्रणालीमा उल्लेख्य सहभागिता भएको बताउँदै यो प्रक्रिया झन्झटिलो नभएको उल्लेख गरे । उनले भीसीटीएसमा छिटो आबद्ध हुन समेत व्यवसायीलाई अनुरोध गरेका छन् । भन्सार विभागका निमित्त महानिर्देशक श्याम प्रसाद भण्डारी वैध व्यापारको विकल्प नभएको र भन्सार प्रशासन र डिजिटल हुने क्रममा निकै अगाडि बढिसकेको र यसको लागि व्यापार सहजीकरण गर्न आफू तयार रहेको बताए ।
सोही अवसरमा आन्तरिक राजस्व विभागका महानिर्देशक विनोद बहादुर कुँवरले जिल्ला/नगर चेम्बर अफ कमर्सका अध्यक्ष तथा पदाधिकारीहरुले उठाएको प्यान जारी गर्ने अधिकार जिल्ला चेम्बरलाई दिनेबारे गृहकार्य गरेर माथिल्लो निकायमा पु-याउने बताए । साथै कर सचेतना कार्यमा सहकार्य गरी व्यापक गर्नुपर्ने, करको लागत, दूरी र समय घटाउन कर कार्यालयहरु बढाउने वा कारदनाता सेवा कार्यालयको स्तरोन्नति गरी आन्तरिक राजस्व कार्यलय गर्नेतर्फ सोच भइरहेको बताए ।
करचुक्ता प्रणाली पूर्ण अपरेसनको माध्यमद्वारा लिन सकिने प्रयोगकर्तामैत्री भइसकेको बारेमा प्रचारप्रसार जरुरी रहेको बताउँदै कर कार्यालयसम्म जानु नपर्ने स्थितिको सृजना गर्नेतर्फ विभाग लागिरहेको बताए । यसअघि आइतबार बिहान चेम्बरले वाका थोन कार्यक्रम गरेको थियो । ३ सय ५० जना सहभागी वाकाथोन चेम्बर भवन जमलदेखि वसन्तपुर, न्युरोड, रत्नपार्क हुँदै पुनः चेम्बर भवन पुगी सम्पन्न भएको थियो । चेम्बरले वाकाथोनपछि आइतबार बिहानै चेम्बर भवनमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- चलचित्र नीति:नयाँ नीति तर पुरानै ऐन
- कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारी विरुद्ध भ्रष्टाचार अभियोग
- पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
- रविको राहदानी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने
- प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
- ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग
- लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया