Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्र बैंक फेरि एक खर्ब १२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै

राष्ट्र बैंक फेरि एक खर्ब १२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै


काठमाडौं ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षभित्र दुुई खर्ब २५ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण लक्ष्य लिएको छ । सो अनुसार चालू आर्थिक वर्षको पहिलो चौमासिकमा ५७ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाइसकेको राष्ट्र बैंकले चालू आवको दोस्रो चौमासिकमा पनि ५६ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउनेछ ।

ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रसहितका मौद्रिक उपकरणहरु बिक्री गरेर उक्त परिमाणमा ऋण उठाउन लागिएको राष्ट्र बैंकले जनाएको छ । चालू आवको दोस्रो चौमासिकमा उठाइने आन्तरिक ऋणको लागि राष्ट्र बैंकले १३ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल, ४० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र, दुुई अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने तयारी गरेको छ ।

यसैगरी चालू आवको तेस्रो चौमासिकमा भने राष्ट्र बैंकले एक खर्ब १२ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउनेछ । यसको लागि राष्ट्र बैंकले ४९ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल, ६० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र दुई अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने तयारी राष्ट्र बैंकले गरेको छ ।

यसैबीच, नेपाल राष्ट्र बैंकले वैशाख ७ गते अर्थात् आज सोमबार पुनः पाँच अर्ब २० करोड रुपैयाँबराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही चैत ३० गते पनि राष्ट्र बैंकले १० अर्ब २५ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

यस्तै, राष्ट्र बैंकले जारी मिति वैशाख ७ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने कुुल ट्रेजरीमध्ये ९१ दिने अवधिको २० करोड र एक सय ८२ दिने अवधिको पाँच अर्ब रुपैयाँको रहेको छ । यी ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७८ साउन ४ गते र २०७८ कात्तिक २ गते तोकिएका छन् । राष्ट्र बैंकका अनुसार बिक्री हुने उक्त ट्रेजरी पुरानो नवीकरणअन्तर्गत हो ।

यसअघि गत साता अर्थात् चैत ३० गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको आठ अर्ब र एक सय ८२ दिने अवधिको दुई अर्ब २५ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । राष्ट्र बैंकका अनुसार सोमध्ये ९१ दिने अवधिको आठ अर्ब रुपैयाँबराबरको ट्रेजरीको लागि १७ अर्ब ८० करोड र एक सय ८२ दिने दुई अर्ब २५ करोड रुपैयाँबराबरको ट्रेजरीको लागि १० अर्ब ५२ करोड रुपैयाँबराबरको बोलकबोल परेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया