Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकृषिमन्त्रीद्वारा सांसदहरूसंँग बजेट, नीति तथा कार्यक्रमका बारेमा छलफल

कृषिमन्त्रीद्वारा सांसदहरूसंँग बजेट, नीति तथा कार्यक्रमका बारेमा छलफल


काठमाडौं ।
आगामी आर्थिक वर्ष २०७८/०७९ को कृषि मन्त्रालयको बजेट, नीति तथा कार्यक्रमका बारेमा कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले सांसदहरूसँग छलफल गरेकी छिन् । मन्त्री अर्यालले शुक्रबार मन्त्रालयमा विशेष कार्यक्रमको आयोजना गरी सांसदहरूसँग सुझाव लिएकी हुन् ।

कृषिमन्त्री अर्यालले विगतमा सञ्चालित कार्यक्रमलाई यसपाली सरकारले सच्याउने बताइन् । विगतमा सञ्चालनमा आएका तर प्रभावकारी हुन नसकेका केही कार्यक्रम सच्याउने र केही कार्यक्रम नयाँ थप्ने तयारी रहेको उनको भनाइ थियो ।

छलफलमा सांसदहरूले प्राङ्गारिक मलको प्रयोगमा जोड दिनुपर्ने, अनुदानका कार्यक्रमहरूमा विशेष ध्यान दिनुपर्ने, त्यसमा गैरकिसानले सुविधान लिने कुरालाई रोक्नुपर्ने, विभिन्न समयमा आउने विपत्बाट हुने जोखिम न्यूनीकरणमा ध्यान दिनुपर्ने, मागअनुसार सिधै स्थानीय तहमा बजेट पठाउने व्यवस्था गरिनुपर्ने, संघ, प्रदेश र पालिकाको कार्यक्रमबीचमा समन्वय बढाउनुपर्ने, गुणस्तर मापन ल्याब स्थापना गर्नुपर्ने, कृषि उपजको इन्स्योरेन्स तत्काल सुरु गर्न आवश्यक रहेको बताएका थिए ।

सांसदहरू खगराज अधिकारी, विद्या भट्टराई, सुजिता शाक्य, माया ज्ञवाली, शान्ति पाख्रिन, कोमल वली, थममाया थापामगर, दलबहादुर रानामगरलगायतले आ–आफ्नो सुझाव राखेका थिए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया