Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारधरहरामा तीन सय ३० किलोको गजुर

धरहरामा तीन सय ३० किलोको गजुर


काठमाडौँ ।

नवनिर्मित धरहरामा तीन सय ३० केजीको गजुर राखिएको छ । भर्खरै पुनर्निर्माण सम्पन्न भएको ऐतिहासिक धराहरामा नेपाली सेनाले विगुल फुकी, मंगलधुन र स्वस्तिक वाचनसहित बुधबार बिहान ८ः०० बजेको शुभ साइतमा उक्त गजुर राखिएको हो ।

उक्त गजुर तामाबाट बनेको छ भने बाहिरी आवरण सुनले लेपन गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले जानकारी दिए । उनले भने, ‘धरहराको टुप्पामा तीन सय ३० किलोको सुनको जलप लगाएको गजुर राखिएको छ, त्यसमा ९५ तोला तीन लाल सुन छ ।’ उनका अनुसार टुप्पामा गजुर राख्नुअघि २१ तलामा प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले शिवलिङ्ग प्रस्तिथापन गरी र नयाँ गजुरको पूजा गरेका थिए । अहिले ऐतिहासिक धरहरा टावरको पुनर्निर्माण कार्य पूरा भएसँगै रङ लगाउने काम भइरहेको छ ।

यही वैशाख ११ गते उद्घाटन गर्ने तयरीस्वरूप अहिले रङ लगाइएको हो । वैशाख ११ गते ११ः०० बजे प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गर्ने तयारी छ । भूकम्पले भत्काएको संरचना पुनर्निर्माण भए पनि अन्य केही संरचना निर्माणको काम सम्पन्न नभएकाले तत्काल सर्वसाधारणका लागि खुला हुनेछैन । त्यसका लागि आगामी मंसिरसम्मको समय कुर्नुपर्नेछ । विसं २०७२ को विनाशकारी भूकम्पबाट धरहरालगायत ऐतिहासिक सम्पदा ध्वस्त भएका थिए । भूकम्प गएको तीन वर्षपछि मात्रै यस सम्पदाको पुनर्निर्माणको कामले गति लिएको हो । गोरखा भूकम्पले ढलेको धरहरा पुनर्निर्माणको प्रधानमन्त्री ओलीले नै विधिवतरूपमा २०७५ पुस १२ गते उद्घाटन गरेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया