Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमकालु हिमालबाट साढे छ हजार किलो बढी फोहोर संकलन

मकालु हिमालबाट साढे छ हजार किलो बढी फोहोर संकलन


किमाथाङ्का । सफा हिमाल अभियानअन्तर्गत सङ्खुवाभाको मकालु हिमालबाट साढे छ हजार किलोग्रामभन्दा बढी फोहोर संकलन गरिएको छ । नेपाल सरकारको ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत नेपाली सेनासहितको टोलीले मकालु हिमालबाट छ हजार छ सय सात किलोग्राम फोहोर गरेको छ । मकालु हिमालको आधार शिविर बाट छ हजार छ सय सात किलोग्राम फोहोर गरेको टोलीमा सहभागि नेपाली सेनाका सेनानी रूपकजंग थापाले जानकारी दिए ।

फोहोर संकलन गर्ने नेपाली सेनाका १० जना र पिक प्रमोसन एजेन्सीका २४ जनाको टोली गत वैशाख १२ गते मकालु हिमालको आधारशिविर पुगेको उनले जानकारी दिए । टोलीले गत जेठ ११ गतेसम्म मकालु हिमालको पहिलो, दोस्रो, तेस्रो र चौथो क्याम्पमा फोहोर संकलन गरेको थियो । यस्तै सफा हिमाल अभियानअन्तर्गत मकालु,सगरमाथा, ल्होत्से, पुमोरी, धौलागिरि, आमादब्लम हिमालको सरसफाइ गरेको टोलीले जनाएको छ ।

सगरमाथा र ल्होत्से हिमालको जेठ १५ गतेसम्म फोहोर संकलन हुने टोलीले जनाएको छ । सङ्खुवासभाको मकालु गाउँपालिका २ मा पने मकालु हिमालको उचाई आठ हजार चार सय ६२ मिटर हो । अभियान टोलीले मकालु हिमालको सात हजार चार सय मिटर उचाइसम्मको फोहोर संकलन गरेको जनाएको छ ।

‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत फोहोर संकलन टोलीले मकालु हिमालबाट चार हजार आठ सय ८२ किलोग्राम नकुहिने फोहोर र १७ सय २५ किलोग्राम कुहिने फोहोर संकलन गरेको सेनानी थापाले जानकारी दिए ।

टोलीले संकलन गरेको कुहिने फोहोर बिहीबार मकालु गाउँपालिका अध्यक्ष तेजबहादुर पोख्रेललाई हस्तान्तरण गरिएको सेनानी थापाले बताए । फोहोर संकलन टोलीले मकालु गाउँपालिकालाई कुहिने १७ सय २५ किलोग्राम फोहोर बुझाएको छ । भने अन्य नकुहिने फोहोर काठमाण्डौ लगिको सेनानी थापाले बताए । सरकारले हिमाल सफाइका लागि नेपाली सेनालाई वातावरण मन्त्रालयबाट १२ करोड ५० लाख रूपैयाँ विनियोजन गरेको थियो । रासस


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया