सेयर बजार २९ सय ४६ अंकमा
१३ दमसलव ५६ अंंकले बजार ओरालो लाग्दा १६ अर्ब ९९ करोडको कारोवार
काठमाडौं ।
सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन उच्च अंकले उकालो लागेको बजार परिसुचक साताको चौथो कारोवार दिन बुधबार भने १३ दसमलव ५६ अंकले ओरालो लागेर २९ सय ४६ दसमलव ५८ अंकमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दसमलव ८३ अंकले ओरालो लागेर पाँच सय २५ दसमलव २८ अंकमा पुगेको छ । यसदिन १३ वटा उपसमुह अन्तर्गत दुई सय २१ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट एक लाख ५५ हजार दुई सय २९ पटकको कारोवारमा तीन करोड १३ लाख ५४ हजार २२ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही आधारमा यसदिन कुल कारोवार रकम भने १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार सात सय तीन रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन कारोवार भएका कुल उपसमुह मध्ये सात वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने छ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् । जसमध्ये बाँणिज्य बैैंक उपसमुहको सुचक ११ दसमलव ३४ अंकले ओरालो लागेर १९ सय ५४ दसमलव ४७ अंकमा झरेकोमा बिकास बैंक उपसमुहको सुचक पनि दुई सय ११ दसमलव ८८ अंकले ओरालो लागेर चार हजार पाँच सय ९३ दसमलव ८३ अंकमा झरेको छ ।
जलबिद्युत उपसमुहको सुचक पनि १५ दसमलव ९१ अंकले ओरालो लागेर दुई हजार नौ सय ६८ दसमलव ६८ अंकमा झरेकोमा लघुबित्त उपसमुहको सुचक पनि १८ दसमलव ६५ अंकले ओरालो लागेर पाँच हजार तीन सय ८६ दसमलव ८० अंकमा झरेको छ ।
यि बाहेक होटल तथा पर्यटन, अन्य र लगानी उपसमुहको सुचकहरु पनि क्रमश दुई दसमलव एक, ३१ दसमलव ५२ र एक दसमलव दुई अंकले ओरालो लागेका छन् । ट्रेडिङ उपसमुहको सुचक भने यसदिन ७८ दसमलव ९३ अंकले उकालो लागेर चार हजार एक सय ८७ दसमलव ९१ अंकमा चढेकोमा फाईनान्स उपसमुहको सुचक पनि ४७ दसमलव ३८ अंकले उकालो लागेर २३ सय ६७ दसमलव ४७ अंकमा चढेकोे छ ।
यसैगरी निर्जिवन बीमा उपसमुहको सुचक पनि ३९ अंकले उकालो लागेर १५ हजार दुई सय ४५ दसमलव ८४ अंकमा चढेकोमा जीवन बीमा उपसमुहको सुचक पनि २९ दसमलव १२ अंकले उकालो लागेर १८ हजार नौ सय ९४ दसमलव ९६ अंकमा चढेको छ । यि बाहेक उत्पादनमुलक र सामुहिक लगानी कोष उपसमुहरुको सुचक पनि क्रमश दुई सय ३७ दसमलव ४६ र शुन्य दसमलव शुन्य तीन अंकले उकालो लागेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया