Techie IT
×
गृहपृष्ठbreakingनेप्सेको सीईओमा कार्की नियुक्त

नेप्सेको सीईओमा कार्की नियुक्त


काठमाडौं ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्की नियुक्त भएका छन् । पाल्पा रिब्दिकोट गाउँपालिका ७ का कार्कीलाई माघ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले चार वर्षको लागि सीईओमा नियुक्त गरेको हो ।

सीईओको लागि छनोट समितिले यसअघि तीन जनाको नाम सर्टलिस्ट तयार गरेर मन्त्रिपरिषद्मा पठाएको थियो । तीन जनाको सर्टलिस्टमा कार्की, रमेश भण्डारी र केशव श्रेष्ठ परेका थिए । त्यसअघि समितिले ११ आवेदकहरुबाट पाँच जनाको नाम सर्टलिस्ट गरेको थियो । पाँचमध्ये छनोट समितिले तीन जनाको सर्टलिस्ट तयार पारेको थियो ।

समितिले आवेदनमध्ये मूल्यांकनका आधारमा उत्कृष्ट तीन जना छनोट गरिएको जनाएको छ । नेप्सेमा सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयका सहसचिव रमेश केसीको संयोजकत्वमा छनौट सिफारिस समिति गठन गरिएको थियो । समितिमा मन्त्रालयकै सहसचिव रितेश शाक्य र विज्ञ सदस्यमा नेप्सेका पूर्वअध्यक्ष जीवनाथ धिताल रहेका थिए ।

यसअघिका सीईओ चन्द्रसिंह साउदले श्रीमतीको नाममा सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको आरोप लागेपछि आफ्नो कार्यकाल सकिन एक महिनाअघि राजीनामा दिएका थिए । त्यसपछि खाली पदमा नयाँ नियुक्ति गरिएको हो ।


क्याटेगोरी : breaking, समाचार


तपाईको प्रतिक्रिया