Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबजेट थप गर्नुपर्ने योजनाको नाम माग

बजेट थप गर्नुपर्ने योजनाको नाम माग


बागलुङ । अर्थ मन्त्रालयले फागुनको अन्तिम साता बजेट रकमान्तर गर्न लागेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङका कार्यालय प्रमुखहरुसँग बजेट थप गर्नुपर्ने योजनाका नाम माग गरेका छन् ।

मन्त्री पौडेलले जिल्लामा रहेका कार्यालयका प्रमुखहरुसँग आइतबार छलफल गरी बजेट थप गर्नुपर्ने नयाँ तथा पुराना योजनाको विवरण मागेका हुन् । तोकिएकै समयमा चुनाव हुने भएकाले फागुनभरिमा जिल्लामा सञ्चालित धेरै योजनाको काम सक्न पनि उनले प्रमुखहरुलाई निर्देशन दिए । ‘स्थानीय तहको चुनाव हुने भएपछि कार्यालय प्रमुख उतै लाग्दा विकास निर्माणको काममा विलम्ब हुन सक्छ’, उनले भने, ‘अल्झेका काम फुकाउँदै फागुनको अन्तिम सातासम्म धेरै योजनाहरुको काम सक्नुहोस् ।’ गलकोट मलम जोड्ने पक्की पुल निर्माणमा ढिलाइ भएको भन्दै उनले त्यसको अनुगमन गरी कार्य अघि बढाउन समेत निर्देशन दिए । जिल्लामा झलुङ्गे पुलको समस्या समाधान हुँदै गएकाले नयाँ बनाउनुपर्ने ठाउँको अध्ययन गर्न पनि उनले सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन दिए ।

यस्तै आलु, मकै तथा अन्य कृषिसम्बन्धी योजनामा बजेट विनियोजन गर्नुपरे योजनाको नाम टिपाउन आग्रह गरे । नयाँ बजेटका लागि योजना आयोगसँग छलफल चलिरहेको भन्दै उनले रणनीतिक योजनाहरु, विद्यालय, मोटरबाटोलगायतका पूर्वाधार निर्माणका लागि कुन योजनामा कति रकम विनियोजन गर्ने लिपिबद्ध गरी टिपाउन निर्देशन दिए । बुर्तिबाङ प्राथमिक अस्पताललाई जिल्ला अस्पताल बनाउने प्रक्रिया रहेको भन्दै आवश्यक प्रक्रिया जुटाउने काम भइरहेको बताए । ‘बुर्तिबाङको अस्पताललाई जिल्ला अस्पताल घोषणा गर्न स्वास्थ्यमन्त्रीसँग छलफल गरी प्रदेशलाई निर्णय गराउन भनेको छु’, उनले भने, ‘त्यसका लागि स्वास्थ्य कार्यालयले आवश्यक समन्वय गरिदिनप¥यो ।’ बुर्तिबामा रहेको निसीभुजी जनता क्याम्पसलाई पोखरा विश्वविद्यालयसँग जोडेर थप व्यवस्थित गर्ने काम भइरहेको बताउँदै उनले अनुगमनका लागि विश्वविद्यालयका पदाधिकारी बुर्तिबाङ तत्काल जाने योजना रहेको सुनाए ।

छलफलमा प्रमुख जिल्ला अधिकारी रमेश ढकालले शान्ति सुरक्षा जिल्लामा सामान्य नै रहेको बताएका थिए । लागुऔषधको कारोबार पश्चिमतिर भइरहेको बताउँदै त्यसको नियमन गर्ने काम भइरहेको उनले जानकारी गराए । ढाकलले सीसीएमसीसीको निर्णयअनुसार माघ मसान्तसम्म विद्यालय वैकल्पिक माध्यमबाट चलाउन निर्देशन दिएको पनि बताए ।

कोभिडका कारण एक जना मात्र स्वास्थ्य अस्पतालमा भर्ना भई स्वास्थ्योचार गरिरहेकाले जिल्लामा कोभिडको संक्रमण कम हुँदै गएको उनको भनाइ थियो । मध्यपहाडी लोकमार्ग निर्माणको विषयमा आयोजना प्रमुख र निर्माण व्यवसायीसँग छलफल गरेर शून्यदेखि पाँच दशमलव पाँच किलोमिटर कालोपत्रे लागि काम भइरहेको उनले जानकारी दिए । जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुखहरुले सञ्चालित योजनाको प्रगतिविवरण र समस्याका बारेमा मन्त्रीलाई बिफ्रिङ गरेका थिए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया