सेञ्चुरी कमर्सियल बैंक र एमएम रेमिटबीचको भुक्तानी विवाद सुल्झन जटिल
काठमाडौं । पछिल्लो समय सेञ्चुरी कमर्सियल बैंक र मौरिससमा दर्ता रहेको एमएम रेमिटबीचको लेनदेनसम्बन्धी विवाद बढेर गएको छ । बैंकले उक्त विवादसम्बन्धी मुद्दा अहिले आर्बिट्रेसनमा रहेको र छिट्टै छिनोफानो हुने भन्दै आएको भए पनि अहिलेसम्म विवाद सुल्झेको छैन ।
बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत जीवन कुमार भट्टराईको समय यो विवाद सुरु भएको थियो । त्यसपछि धेरै प्रमुख कार्यकारी फेरिए पनि बैंकले हालसम्म पनि यो विवादलाई सुल्झाएको छैन । विवादको मूल जरो रेमिट्यान्स कारोबारको भुक्तानी विवाद हो । सेञ्चुरी र एमएम रेमिटबीच रेमिट्यान्स कारोबार हुँदै आएकोमा सेञ्चुरीले यस्तो कारोबारको लागि हङकङमा दर्ता रहेको ग्यालेक्सी नेटवर्कलाई चिनाएको र सोहीसँग एमएम रेमिटलाई सम्झौता गराएको थियो ।
यसरी सम्झौता गराए पनि ग्यालेक्सीसँगको सम्पूर्ण कारोबार भने सेञ्चुरी कमर्सियल बैंकका चिफ अपरेटिङ अफिसर रमेश कुमार श्रेष्ठले सेञ्चुरी बैंकको पुतलीसडक शाखाबाट नै गर्दै आएको दाबी गरिएको छ । कारोबारको व्रmममा एमएम रेमिटले सेञ्चुरीलाई झण्डै छ करोड रुपैयाँ दिनु देखिएको भन्दै सेञ्चुरीले एमएम रेमिटका सञ्चालकको नाउँमा रकम भुक्तानीको लागि सार्वजनिक सूचना जारी गरेको थियो । त्यसपछि यो विवाद सतहमा आएको हो ।
यता एमएम रेमिटले भने ग्यालेक्सी नेटवर्कबाट १६ करोड रुपैयाँ लिनु देखिएको बताउँदै आएको छ । सेञ्चुरीकै सहकार्यमा ग्यालेक्सीसँग कारोबार भएको र त्यो कारोबार सेञ्चुरी कमर्सियल बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश श्रेष्ठको संरक्षणमा बैंकको प्रमुख सञ्चालन अधिकृत रमेश कुमार श्रेष्ठले गरेको देखिएको छ । तर अहिले भने सेञ्चुरीले एमएम रेमिटलाई पुरानो व्यवस्थापन गरेको कारोबारको जिम्मा नयाँ व्यवस्थापनले नलिने र ग्यालेक्सी नेटवर्क नचिन्ने बताउँदै आएको दाबी स्रोतले गरेको छ ।
यहीबीचमा सेञ्चुरीका प्रमुख सञ्चालन अधिकृत (हाल सेञ्चुरी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत) रमेश कुमार श्रेष्ठ जो ग्यालेक्सी नेटवर्कका बिजनेस डेभलपमेन्ट अफिसर पनि हुन्, उनी र एमएम रेमिटका अध्यक्ष सुमन पन्तबीचको केही संवादहरु प्राप्त भएका छन् । यसअघि सेञ्चुरीले एमएम रेमिटसँग कुनै कारोबार नभएको र ग्यालेक्सी नेटवर्क नचिन्ने बताउँदै आएको थियो ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- १९ सय २१ अंकमा खुम्चियो सेयर बजार
- ग्लोबल आईएमई बैंक ‘स्वस्थ नारी पहल’अन्तर्गत निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना
- सेञ्चुरी बैंक र हिमालय दृश्य रिसोर्टबीच सम्झौता
- सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता
- आईएमई लाइफको ‘बालकिरण जीवन बीमा’
- माछापुच्छ्रे बैंकद्वारा हलेसी मन्दिरलाई भक्तजन गन्ने मेसिन हस्तान्तरण
- एनआईसी एसियाको मोबाइल बैंकिङ एपमार्फत एयरलाइन्स टिकटमा ‘क्यास ब्याक’
- बाइडेन–सी फोनवार्ता यही हप्ता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया