पेट्रोलियम पदार्थमा देउवा सरकारको चमत्कार
१० रुपैयाँ घटाएर १२ रुपैयाँ मूल्यवृद्धि
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा शेरबहादुर देउवा नेतृत्वको सरकारले चामत्कारिक निर्णय गरेको छ । गत साता डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर दश रुपैयाँ मूल्य घटाएको सरकारले बिहीबार रातिदेखि फेरि प्रतिलिटर १२ रुपैयाँ मूल्यवृद्धि गरेको छ ।
मूल्य घटाउँदा नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी)लाई किस्ता तिर्न रकम नपुगेको भन्दै निगम सञ्चालक समितिलाई देउवा सरकारले मूल्यवृद्धि गर्न स्वीकृत दिएपछि बिहीबार रातिदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको हो ।
निगम सञ्चालक समितिको बैठकले बिहीबार राति १२ बजेदेखि पेट्रोलमा प्रतिलिटर आठ र डिजेल/मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँ वृद्धि गरेको हो । मूल्य बढेसँगै पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७८ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ पुगेको छ । निगमले खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत् राखेको छ ।
बुधबारसम्म निगमले आईओसीलाई २० अर्बभन्दा बढी रकम तिर्न बाँकी छ । निगमले प्रत्येक अंग्रेजी महिनाको ८ र २३ तारिखमा आईओसीलाई पेट्रोलियम पदार्थ खरिद गरेबापतको रकम भुक्तानी गर्दै आएको छ ।
अन्तर्राष्ट्रिय बजारमा उच्च दरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको र आईओसीलाई तिर्नुपर्ने बक्यौता रकम बढ्दै गएकाले मूल्यवृद्धि गर्नुपरेको निगमले विज्ञप्ति प्रकाशित गरी जानकारी गराएको छ । मूल्य समायोजनपछि पनि पाक्षिकरुपमा तीन अर्ब ८९ करोड घाटा रहँदै आएको निगमको भनाइ थियो ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- दुई हजार १० अंकमा खुम्चियो सेयर बजार
- पाकिस्तानको आर्थिक पुनरुत्थान निरन्तर : केन्द्रीय बैंक
- चिनियाँ क्यासिनो सञ्चालक बैंककमा पक्राउ
- युरोपमा खडेरी : नदी सुक्न थाले, माछासहित कृषि उत्पादन प्रभावित
- श्रीलंकाले चिनियाँ जासुस जहाजलाई हम्बनटोटा बन्दरगाहमा अनुमति दिने
- औषधिमाथिको प्रतिबन्ध मानवतामाथिको अपराध : युक्रेन
- बजार परिसूचक दुई हजार ३७ दशमलव ९२ विन्दुमा
- माछापुच्छ्रे बैंकद्वारा भाटभटेनी सुपरमार्केटलाई नेपाल–पे क्यूआर कोड हस्तान्तरण
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया