Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ कसुर मुद्दामा फरार महिला पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार महिला पक्राउ


काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाइ पक्राउ गरेको छ । सीआईबीका अनुसार सप्तरी कृष्णासरवन गाउँपालिका–३ घर भई काठमाडौं महानगरपालिका–१४ कुलेश्वर बस्ने ३८ वर्षीया रंजिता कुमारी देवलाई आइतबार प्रहरीले पक्राउ गरिएको हो ।

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको विभिन्न मितिको फैसलाले छ दिन कैद र १७ लाख ७७ हजार एक सय ८० रूपैयाँ जरिवाना ठहर भई फरार रहेकी देवलाई कीर्तिपुर मैत्रीनगरबाट पक्राउ गरिएको सीआईबीले जानकारी दिएको छ । सीआईबीका अनुसार रंजिता कुमारीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी एभरेष्ट बैंक लिमिटेड कालिमाटी शाखा कार्यालय काठमाडौंमा रहेको आफ्नो खाताबाट रकम भुक्तान हुने भनी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय सुन्धारा काठमाडौंमा पठाइएको सीआईबीको भनाइ छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया