काठमाडौं । बीमा कम्पनीहरुको कुल शाखा संंख्या तीन हजार तीन सय ६६ पुगेको छ । बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिका अनुसार सञ्चालनमा रहेका १९ वटा जीवन बीमा र १९ वटा निर्जीवन बीमासहितका ३८ वटा बीमा कम्पनीहरुको हालसम्ममा उक्त संख्यामा शाखाहरु सञ्चालनमा रहेको हो ।
यसरी सञ्चालनमा रहेको कुल शाखा संख्यामध्ये जीवन बीमातर्फ २३ सय दुईवटा र निर्जीवन बीमातर्फ एक हजार ६४ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । बीमा कम्पनीहरुको सञ्चालनमा रहेका कुल शाखाहरुमध्ये सबैभन्दा बढी शाखा बागमती प्रदेशमा छन् भने सबैभन्दा कम शाखा कर्णाली प्रदेशमा छन् । समितिका अनुसार बागमती प्रदेशमा जीवन बीमातर्फ छ सय र निर्जीवन बीमातर्फ तीन सय १३ वटा शाखाहरु सञ्चालनमा रहँदा कर्णाली प्रदेशमा भने जीवन बीमातर्फ एक सय ४४ र निर्जीवन बीमातर्फ ४४ वटा मात्र शाखाहरु सञ्चालनमा छन् ।
प्रदेश नं. १ मा भने जीवन बीमातर्फ तीन सय ७४ र निर्जीवन बीमातर्फ एक सय ६८ वटा शाखाहरु सञ्चालनमा छन् । मधेश प्रदेशमा पनि जीवन बीमातर्फ तीन सय १६ र निर्जीवन बीमातर्फ एक सय ३२ वटा शाखाहरु सञ्चालनमा छन् । लुम्बिनी प्रदेशमा भने जीवन बीमातर्फ तीन सय ६८ र निर्जीवन बीमातर्फ एक सय ८० वटा शाखाहरु सञ्चालनमा रहेको समितिको भनाइ छ । सुदूरपश्चिम प्रदेशमा भने जीवन बीमातर्फ दुई सय ५४ र निर्जीवन बीमातर्फ ७३ वटा शाखाहरु सञ्चालनमा छन् ।
गण्डकी प्रदेशमा भने जीवन बीमातर्फ दुई सय ३६ र निर्जीवन बीमातर्फ एक सय ४४ वटा शाखाहरु सञ्चालनमा छन् । समितिका अनुसार पछिल्लो अवधिमा सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुको कुल चुक्ता पुँजी भने ३८ अर्ब २१ करोड रुपैयाँ पुगेको छ भने निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी भने १९ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । बीमा क्षेत्रमा प्रत्यक्ष रोजगारीको संख्या भने १० हजार सात सय ५२ छ । समितिका अनुसार देशभर बीमा सर्भेयरहरुले शंख्या चार सय रहेको छ भने बीमा अभिकर्ताहरुको संख्या संख्या करिब दुई लाख ५० हजार छ । हाल नेपाली बीमा क्षेत्रमा १९ वटा जीवन, १९ वटा निर्जीवन र दुईवटा पुनर्बीमासहितका ४० वटा कम्पनीहरुले बीमासम्बन्धी कारोबार सञ्चालन गर्दै आएको समितिले जानकारी दिएको छ ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- के थियो प्रेम प्रसादले आत्मदाह गर्नु अघि सरकारलाई दिएको २५ बुँदे सुझाव ?
- झिनो अंकले ओरालो लाग्यो सेयर बजार
- छोरीको विवाहमा प्रभु लाइफको जीवन बीमा उपहार
- ड्यानुव होमको दोस्रो शोरुम डिल्लीबजारमा
- मेटलाइफ नेपाल पनि एनपीएसमा आबद्ध
- हिमालयन बैंकद्वारा थप दुईवटा भुक्तानी काउन्टर सञ्चालन
- तीव्र माग र आपूर्तिमा सुधारपछि टाटा मोटर्स नाफामा
- नदीक्षेत्र अतिक्रमणको प्रभाव
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया