राष्ट्रिय मुद्रा संग्रहालयमा प्रदर्शनी कक्ष निर्माण
काठमाडौं । काठमाडौंको छाउनीस्थित राष्ट्रिय मुद्रा संग्रहालयमा प्रदर्शनी कक्ष निर्माण गरिएको छ । संग्रहालयको दक्षिणपट्टि रहेको पुलघरमा निर्मित भवनमा स्थापना गरिएको प्रदर्शनी कक्षको बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका हुन् । कार्यक्रममा उनले मुलुकको इतिहासलाई क्रमबद्ध रुपमा झल्काउने प्रमुख स्रोत ‘मुद्रा संग्रहालय’ पर्यटनका लागि समेत आकर्षणको केन्द्र रहेको बताए ।
देशको इतिहास, संस्कृति तथा सभ्यतालाई प्रमाणित गर्न मुद्राले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उनले नेपालको इतिहास दर्शाउने मुद्राहरुको संकलन गरी संग्रहालयको रुपमा विकास गरिनु महत्वपुर्ण उपलब्धि भएको उल्लेख गरे । नेपालमा आउने पर्यटकका लागि मात्र नभएर इतिहास, संस्कृति तथा पुरातत्वका अध्येता र शोधकर्ताका लागि समेत संग्रहालय महत्वपूर्ण सन्दर्भ स्रोत बन्नसक्ने मन्त्री श्रेष्ठको भनाइ छ । मुलुकको इतिहास संग्रहालयमा देखिने भएकोले यसलाई समयसापेक्ष बनाउनुपर्नेमा जोड दिँदै उनले संग्रहालयका लागि निश्चित मापदण्ड बनाउने सरकारको तयारी रहेको बताए ।
संग्रहालयमा संकलित मुद्राहरुलाई नेपालको ऐतिहासिक कालखण्डअनुसार प्रदर्शन गरिएको छ । नेपालको अत्यन्त दुर्लभ मानिने ईशापूर्व पाँचौँ शताब्दीदेखि ईशाको पहिलो शताब्दीसम्मका विभिन्न सिक्काहरु संग्रहालयमा राखिएको छ । संग्रहालयमा भारतमा बेलायतको औपनिवेशिक कालका चाँदीका मोहरहरुको माला तथा औंठीहरु पनि प्रदर्शनमा राखिएको छ । छाला तथा माटोका मुद्राहरु संग्रहालयको आकर्षणको रुपमा रहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- के थियो प्रेम प्रसादले आत्मदाह गर्नु अघि सरकारलाई दिएको २५ बुँदे सुझाव ?
- झिनो अंकले ओरालो लाग्यो सेयर बजार
- छोरीको विवाहमा प्रभु लाइफको जीवन बीमा उपहार
- ड्यानुव होमको दोस्रो शोरुम डिल्लीबजारमा
- मेटलाइफ नेपाल पनि एनपीएसमा आबद्ध
- हिमालयन बैंकद्वारा थप दुईवटा भुक्तानी काउन्टर सञ्चालन
- तीव्र माग र आपूर्तिमा सुधारपछि टाटा मोटर्स नाफामा
- नदीक्षेत्र अतिक्रमणको प्रभाव
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया