बैंक तथा वित्तीय संस्थामा ब्याजदर बढ्दा व्यवसायी मारमा
काठमाडौं । (रासस) । बैंक तथा वित्तीय संस्थामा ब्याजदर बढाउँदा व्यवसायी मारमा परेका छन् । नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँले मंगलबार आयोजना गरेको ‘वित्तीय समस्या र समाधान’ विषयक अन्तक्र्रियामा व्यवसायीले ब्याजदर बढ्दा उद्योगी व्यवसायी गम्भीर समस्यामा परेको बताएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले बैंकले ब्याजदरबारे सोच्नुपर्ने बेला आएको बताए । “बैंकले नाफा खानका लागि ब्याजदर बढाउँदा व्यवसायी मारमा परेका छन्”, उनले भन्नुभयो । उनले ३० वर्षमा कहिल्यै भोग्नु नपरेको वित्तीय समस्या अहिले आएर भोग्नुपरेको बताए ।
नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले ब्याजदर सात प्रतिशतबाट बढाएर १४ प्रतिशत बनाउँदा व्यवसायी अप्ठ्यारोमा परेको बताए । ‘बैंकलाई ब्याजदर बढाउन राष्ट्र बैंकले स्वीकृत दियो, यसबाट व्यवसायी मारमा परे’, उनले भने । ब्याजदरमा बैंकले ठगी गरेको उनको आरोप छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घ काठमाडौँका उपाध्यक्ष हेमराज ढकालले उत्पादन बढाएर आयत प्रतिस्थापन गर्न सकेमात्र देशको अर्थतन्त्र संकटमा केही हदसम्म कमी आउने बताए । राष्ट्र बैंक र अर्थ मन्त्रालय आआफ्नो ढङ्गले सञ्चालन हुँदा समस्या परेको उनको भनाइ थियो । बैंकर्स सङ्घका अध्यक्ष अनिल उपाध्यायले महँगी र व्यवसायीलाई असर नपर्ने गरी ब्याजदर बढाइएको बताए । ‘बैंकिङ क्षेत्र जोगाउन ब्याजदर बढाएका हौँ, बैंक क्षेत्र डुब्यो भने मुलुकको अर्थ व्यवस्थामा गम्भीर सङ्कट पर्छ’, उनले भने ।
नेपाल राष्ट्र बैंकका निर्देशक ईश्वरीप्रसाद भट्टराईले नेपालमात्र नभई विश्वकै अर्थतन्त्र समस्यामा परेको बताए । ‘अर्थतन्त्रको समस्या क्षणिक हो, यो विस्तारै सुधार हुँदै जान्छ’, उनले भने । सम्झौताभन्दा बढी ब्याजदर लिने बैंकलाई राष्ट्र बैंकले ‘एक्सन’ लिने उनको भनाइ थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया