Techie IT
×
गृहपृष्ठसमाचारसीआईबीद्वारा बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

सीआईबीद्वारा बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ


काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरु पक्राउ परेका छन् । सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक कमल थापाका अनुसार बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी वीरगञ्ज महानगरपालिका–९ रानीघाट बस्ने ३५ वर्षीय अनिल कुमार ब्याहुत र झापा घर भई भक्तपुर चाँगुनारायण बस्ने ५० वर्षीय पुष्पराज पनेरूलाई बुधबार पक्राउ गरिएको हो ।

प्रहरी उपरीक्षक थापाका अनुसार बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७९ असार ६ गते र २०७९ भदौ ६ गतेको फैसलाले अनिललाई नौ दिन कैद र ३० लाख रुपैयाँ जरिवाना र २०७९ असार २८ गतेको फैसलाले पुष्पराजलाई तीन दिन कैद र छ लाख ७० हजार रुपैयाँ जरिवाना ठहर भएको थियो । फैसलापछि फरार रहेका अनिल कुमारलाई पर्सा, वीरगञ्ज मुरलीचोकबाट र पुष्पराजलाई भक्तपुर चाँगुनारायणबाट केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । फैसला कार्यान्वयनका लागि अनिल कुमारलाई जिल्ला अदालत चितवन र पुष्पराजलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रहरी उपरीक्षक थापाले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया