उद्योगमा गरिने लगानी प्रतिबद्धतामा ५७ प्रतिशतले कमी
काठमाडौं,मुलुकको उद्योग क्षेत्रमा आउने लगानी प्रस्ताव अर्थात् प्रतिबद्धतामा ५७ प्रतिशत अर्थात् ६९ अर्ब ६२ करोड रुपैयाँले कमी आएको छ । चालू आर्थिक वर्षको छ महिनाको अवधिमा स्वदेशी तथा विदेशी लगानीकर्तामार्फत एक खर्ब २० अर्ब ८२ करोड रुपैयाँ लगानी प्रस्ताव आएको छ । सो लगानी प्रस्ताव आएसँगै गत आर्थिक वर्षको छ महिनाको अवधिको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा स्वदेशी तथा विदेशी लगानीकर्तामार्फत आउने लगानी प्रस्तावमा ५७ प्रतिशतले कमी आएको हो ।
उद्योग विभागका अनुसार गत आर्थिक वर्षको छ महिनामा एक खर्ब ९० अर्ब ४४ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । सो लगानी प्रतिबद्धता एक सय ५५ वटा उद्योग तथा १४ हजार दुई सय ५२ जनालाई रोजगारीसहित आएको हो ।यस्तै चालू आर्थिक वर्षको समीक्षा अवधिमा आएको उक्त लगानी प्रतिबद्धता भने एक सय ३२ वटा उद्योग तथा आठ हजार नौ सय ३९ जनालाई रोजगारीसहित भएको विभागका अधिकारीले जानकारी दिएका छन् ।
चालू आवमा ठूला ३४ वटा, मझौला ४१ वटा र ५७ वटा दर्ता भएका छन् । गत आवमा ठूला ४६ वटा, मझौला ५८ वटा र ५२ वटा दर्ता भएको थियो ।विभागमा कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, सेवामूलक र पर्यटनमूलक गरी छ प्रकारका उद्योग दर्ता हुन्छन् । सोही क्रममा स्वदेशी र विदेशी लगानीकर्ताहरुले चालू आवको समीक्षा अवधिमा सबैभन्दा बढी ऊर्जाजन्यमा ८४ अर्ब एक करोड रुपैयाँ, उत्पादनजन्यमा १२ अर्ब ८८ करोड २९ लाख रुपैयाँ, सेवाजन्यमा आठ अर्ब ९० करोड ९८ लाख रुपैयाँ, पर्यटनजन्यमा १३ अर्ब ९२ करोड २५ लाख रुपैयाँ, सूचना सञ्चार तथा प्रसारण प्रविधिजन्यमा ३१ करोड रुपैयाँ, कृषि तथा वन पैदावरजन्यमा ४८ करोड ५० लाख रुपैयाँ र खनिजजन्यमा २९ करोड ९७ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् ।
ऊर्जाजन्य २६ वटा, उत्पादनजन्य ४८ वटा, सेवाजन्य २२ वटा, पर्यटनजन्य २७ वटा, सूचना प्रविधिजन्य चारवटा, कृषि तथा वन पैदावरजन्य तीनवटा र खनिजजन्यमा दुईवटा उद्योग स्थापना गर्न उक्त लगानी प्रस्ताव गरेका हुन् । पर्याप्त पानी र उपयुक्त भू–बनोटको कारण स्वदेशी तथा विदेशी लगानीकर्ताहरुले नेपालको ऊर्जा अर्थात् विद्युतगृह स्थापना गर्न आकर्षित भएको पाइन्छ । स्वदेशी लगानीकर्ताहरुले पनि नेपालको ऊर्जा क्षेत्रमा अर्बौँ रुपैयाँ लगानी गरेको तथा नयाँ लगानी प्रतिबद्धता समेत जनाएको विभागले जनाएको छ ।
नेपालको ऊर्जाक्षेत्रमा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पनि आकर्षित भएको पाइन्छ । संघका पदाधिकारीहरुले विभिन्न जलविद्युत् गृह निर्माणमा लागेको समेत छन् भने कतिपयले निर्माण सम्पन्न समेत गरेका छन् ।यस्तै, गत आर्थिक वर्षको सोही अवधिमा भने सबैभन्दा बढी लगानी प्रतिबद्धता ऊर्जाजन्यमा एक खर्ब एक अर्ब ५८ करोड रुपैयाँ, उत्पादनजन्यमा ४५ अर्ब सात करोड रुपैयाँ, सेवाजन्यमा २३ अर्ब ८२ करोड २६ लाख रुपैयाँ, पर्यटनजन्यमा १६ अर्ब २० करोड छ लाख रुपैयाँ, कृषि तथा वन पैदावरजन्यमा एक अर्ब ८५ करोड ८१ लाख रुपैयाँ, सूचना प्रविधिजन्यमा एक अर्ब दुई करोड रुपैयाँ र पूर्वाधारजन्यमा ६९ करोड ८१ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका थिए ।
उक्त लगानी प्रतिबद्धता ऊर्जाजन्य २३ वटा, उत्पादनजन्य ६६ वटा, सेवाजन्य २३ वटा, पर्यटनजन्य २८ वटा, कृषि तथा वन पैदावरजन्य १० वटा र सूचना, सञ्चार तथा प्रसारण प्रविधिजन्य तीनवटा र पूर्वाधारजन्यमा दुईवटा उद्योग स्थापनाका लागि जनाएका थिए ।तथ्यांकलाई हेर्दा संख्यात्मक रुपमा धेरै लगानीकर्ता तथा लगानी आउन नसके पनि लगानी आकर्षण भने रहेको पाउन सक्छौँ । प्रतिबद्धताअनुरुप लगानी नआउने, उद्योग स्थापना हुन नसक्ने र रोजगारीको अवसर समेत प्राप्त हुने हुन्छ । यसलाई कार्यान्वयन गर्न गराउन निजी क्षेत्र, सरकारी निकाय र विदेशी लगानीकर्ताहरुबीच समन्वय आवश्यक रहेको छ ।
स्वदेशी लगानीकर्ताहरुले औद्योगिक व्यावसायिक ऐन २०७६ र विदेशी लगानीकर्ताहरुले प्रत्यक्ष विदेशी लगानीमार्फत नेपालको उद्योग क्षेत्रमा लगानी गर्न पाँउछन् । त्यस्तै सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, २०७५, राष्ट्रिय बौद्धिक सम्पत्ति नीति, २०७३, विदेशी लगानी नीति, २०७१, औद्योगिक नीति, २०७६, कम्पनी ऐन, २०६३ लगायतले नेपालमा उद्योग स्थापना तथा लगानी ल्याउन सहयोग गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संशोधन आवश्यक : सभापति देउवा
- विचारः गणतन्त्रका १५ वर्षले आएको परिवर्तन
- आज कोशी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने
- माछा मार्न करेन्ट लगाउने क्रममा युवकको मृत्यु
- दाहाल र भट्टराईविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया